कञ्चनपुरमा एमालेको जरा केन्द्रीत अभियानः पालिका स्तरीय प्रशिक्षण सुरु

महेन्द्रनगर । नेकपा (एमाले)को जरा केन्द्रीत पार्टी निर्माण अभियान अन्तरगत कञ्चनपुरको वेदकोट र दोधरा चाँदनी नगरपालिकामा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेकपा एमाले जिल्ला पार्टी स्कुल विभागको योजना र नगर कमिटिको आयोजनामा दोधारा चाँदनीमा र बेदकोट नगरपालिकामा दुई दिने पालिका स्तरिय प्रशिक्षण शुरु भएको हो ।

नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले पार्टीको जरा केन्द्रीत अभियान अन्तरगत प्रशिक्षण सुरु गरिएको बताए । उनका अनुसार एमालेले वडा तहमा पार्टी सदस्यता र मत बढाउन जरा केन्द्रीय अभियान थालेको छ ।
दोधरा चाँदनीमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको प्रमुख आतिथ्य तथा पालिका कमिटी अध्यक्ष गणेश भाटको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रशिक्षणको पहिलो दिनमा प्रदेश कमिटी उपसचिव नर बहादुर बिक , जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट , उपसचिव राजिव खड्का प्रशिक्षण दिएका छन् । त्यस्तै वेदकोटमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला ईन्चाज निरुदेवी पालको प्रमुख आतिथ्य तथा पालिका कमिटी अध्यक्ष हरि गिरीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

प्रशिक्षणको पहिलो दिन केन्द्रीय सल्लाहकार परिषद सदस्य गोबिन्द कलौनी प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसि जिल्ला सचिव पल्लवराज भट्टले प्रशिक्षण दिएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्