सु प वि विज्ञान तथा प्रविधि संकाय केन्द्रीय क्याम्पसप्रतिको उदासिनता

सु प वि ऐन 2067 को 3 (2) अनुसार आंशिक रूपमा ऐन कार्यान्वयन गरि स्थापना भएको वि वि ले विभिन्न आरोह अवरोहको बिच केही समय अगाडि बढेका कार्यक्रम अझैं समयानुकूल परिमार्जन र सुधार ल्याउन अत्यन्त आवश्यक छ। विज्ञान तथा प्रविधि संकायमा देखिएको अन्यौंलताले गर्दा काम गर्नै दिक्क लागेर आउने र वेला वेलामा नौकरी नै छोडेर अन्तैतिर लाग्नु पर्छ कि भन्ने मनशायमा देखिन्छन् विज्ञान तथा प्रविधि संकायका अध्यापनरत एक जना उप प्राध्यापक। उनका अनुसार वि वि ले विभिन्न समयमा विभिन्न विषयहरू संचालनमा ल्याए तर विज्ञान तथा प्रविधि संकाय अन्तर्गत देखिएको काम गर्ने तरीका र राजनीतिक खिचातानीले वि वि थिलथिलो भएको आभास आएको छ भन्ने कुरामा कुनै सन्देह छैन।
समयानुकूल विज्ञान तथा प्रविधि संकाय अन्तर्गत पाठ्यक्रम परिमार्जन गर्नुपर्ने र परीक्षा प्रश्न पत्र समेत विषय विषय अनुसार नमुना निर्माण गरि दत्तचित्तले काम गर्ने पदाधिकारी संकायले नपाएको गुनासो गर्नु हुन्छ त्यस संकायका एक जना उप प्राध्यापक।
साथै वि सं 2067 मा संचालन भएको वि वि मा अहिले सम्म पनि केन्द्रीय विभागमा सुविधा सम्पन्न शैक्षिक भवन निर्माण गरि स्नातक तह, स्नातकोत्तर तह र विध्याबारिधीका कक्षा सञ्चालन नभएको देख्दा पदाधिकारीहरुलाइ कुनै मतलब नभएको आभाष देखिन्छ।
न त ऐन पूर्ण रुपमा कार्यान्वयन गरे न त आफ्नो प्रयोगशाला सहितको सुविधा सम्पन्न शैक्षिक बनाएर कक्षा सञ्चालन गरेको छ। वि सं 2069 बाट छोटो समयमा निर्माण गरि बनाइएका पाठ्यक्रमहरुको आधारमा स्नातक तह मात्रै पढाउन वाध्यात्मक अवस्था रहेको दुखेसो पोख्ने एक जना उप प्राध्यापक संकायको व्यवस्थित संचालनको पर्खाइ मा देखिए पनि वि वि पदाधिकारी उदासिन रहेकोले चिन्तित देखिन्छन्।
समग्रमा वि वि को विज्ञान तथा प्रविधि संकायको उत्तरोत्तर प्रगतिको कामना सहित आफ्नो एक मात्र पढाउने जिम्मेवारीबाट बिमुख नहुने बाचा गर्नु हुन्छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्