नेपाल-भारत सिमा नाका सहज बनाउन उत्तराखण्डका मुख्यमन्त्री धामीसँग छलफल

महेन्द्रनगर । नेपाल-भारत सिमा नाकामा सहज बनाउन उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीसँग सुदूरपश्चिम प्रदेश सभाका सांसदहरुले छलफल गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावलले कञ्चनपुरसँग सिमा जाेडिएका सिमा नाकामा सहजताका लागि मुख्यमन्त्री धामीसँग छलफल गरिएकाे बताए ।
छलफलमा रावलसहित सुदूरपश्चिमका सांसद दिवान सिंह विष्ट, विक्रम धामी, मधु भारती र जानकी कुवँर सहभागी थिए ।


हरिद्वार देहरादुन धार्मिक पर्यटन तथा अवलोकन भ्रमणका सिलसिला नेपाल भारत मैत्री संघकाे समन्वयमा उत्तराखण्डका मुख्यमन्त्री धामीसँग सुदूरपश्चिम प्रदेशका सांसदहरुले दुई देशका सर्वसाधारण नागरिकले सिमानामा भोक्नु परेकाे समस्या र समाधान बारेमा छ्लफल भएकाे छ ।
सांसद रावलले दुवै देशका सर्वसाधारण र भक्तजनलाई बनबसा र टनकपुर नाकामा आवतजावत सहज बनाउन छलफल भएकाे बताए ।
त्यस्तै उनले टनकपुर नाकामा साना यात्रु बाहक सावरी साधन चलाउने सहमतिका लागि मुख्यमन्त्री धामीलाई आग्रह गरिएकाे छ । त्यस्तै सांसदहरूले नाकामा नेपाली नागरिकले खेप्नु परेकाे सास्तीका बारेमा पनि मुख्यमन्त्री धामीकाे ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्री धामीले नाका आवागमन सहज बनाउने र त्यसका लागि उत्तर प्रदेशका मुख्यमन्त्री याेगि आदित्य नाथसँग समेत छलफल गर्ने प्रतिवद्दता जनाएका छन्

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्