नेकपा एमालेको ‘धनगढी विशेष सभा’मा कञ्चनपुरबाट १० हजार बढी सहभागी हुने

महेन्द्रनगर । नेकपा एमालेले धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गर्ने भएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यहि चैत २९ गते धनगढीमा बृहत विशेष सभा आयोजना हुन लागेको हो । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध एमालेले सभा आयोजना गर्न लागेको हो ।
सभामा कैलाली र कञ्चनपुरबाट ठुलो संख्यामा जन सहभागीता गराउने तयारी भईरहेको छ । साथै सुदुरपश्चिमका पहाडी जिल्लाबाट पनि सभामा जन सहभागीता रहनेछ ।
विशेष सभामा कञ्चनपुरबाट ठुलो मात्रामा जन सहभागीताका लागि तयारी भईरहेको एमाले कञ्चनपुरले जनाएको छ ।
नेकपा एमालेले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका समन्वय कमिटि तथा पालिका कमिटिहरुलाई जिम्मेवारी तोकेको छ ।
नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीले धनगढीको विशेष सभामा कञ्चनपुरबाट १० हजार बढीको जन सहभागीता गराउने लक्ष्य रहेको बताए । उनका अनुसार तीन वटै क्षेत्रिय समन्वय कमिटि र पालिका कमिटिहरुलाई जिम्मेवारी दिएर जन परिचालनको तिव्र रुपमा तयारी भईरहेको छ । एमाले कञ्चनपुरले कञ्चनपुर निर्वाचन क्षेत्र नंम्बर १ मा पार्टी केन्द्रीय सदस्य कमला बोहरालाई जन परिचालन अनुगमन समितिको जिम्मेवारी तोकिको छ भने त्यहाँका पालिका कमिटिको विस्तारीत बैठक आयोजना गरि थप तयारी गर्ने योजना छ ।
त्यस्तै निर्वाचन क्षेत्रमा नम्बर २ मा जन परिचालन अनुगमनको जिम्मेवारी नेकपा एमाले केन्द्रीय नर बहादुर धामीलाई दिईएको छ । वेदकोटमा नगर कमिटिका कार्य बहाक अध्यक्ष जनक विष्ट, शुक्लाफाँटामा नगर कमिटि अध्यक्ष धिरेन्द्र साउद र कृष्णपुरमा नगर कमिटि अध्यक्ष कुवेर खड्कालाई जन परिचालन संयोजकको जिम्मेवारी दिईएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नंम्बर ३ मा भने पार्टी केन्द्रीय सदस्य ईन्चार्ज कृपाराम रानालाई जन परिचालन समितिको जिम्मेवारी तोकीएको छ ।्
धनगढी सभाबाट गणतन्त्रको पक्षमा देशव्यापी रुपमा सन्देश दिने एमाले नेताहरुले बताएका छन् । सभाको पुर्व तयारी स्वरुप कैलाली र कञ्चनपुरमा अघिल्लो साता बृहत मोटरसाईकल ¥याली समेत आयोजना गरिएको थियो । धनगढी सभामा हजारौँको सहभागीता रहने एमालेले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्