महेन्द्रनगर । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाका कार्यपालिका सदस्य र शाखा प्रमुखलाई योजना तर्जुमा सम्बन्धि तालिम सुरु भएको छ । महेन्द्रनगरस्थित निड्स नेपालद्धारा आयोजित दुई दिने योजना तर्जुमा सम्बन्धि तालिम सोमबारबाट सुरु भएको हो ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले अगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणको चरण सुरु भएकाले योजना तर्जुमा थप सहजताका लागि तालिमले सहयोग पुग्ने बताए । उनका अनुसार स्थानीय तहलाई विपद् व्यवस्थापन तथा पुर्व तयारी सम्बन्धि योजना निर्माण तथा प्राथमिकिकरणमा सहयोग पु¥याउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो ।

साथै पालिकाहरुले हरेक आर्थिक वर्षमा विशेष प्राथमिकताको क्षेत्रका आधारमा बजेट तथा कार्यक्रम निर्माण गर्नुपर्ने कार्यकारी निर्देशक रेग्मीको सुझाव छ ।
त्यस्तै तालिमको उद्धघाटनशस्त्रका प्रमुख अतिथि दोधरा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले तालिमले योजना तर्जु सम्बन्धिको बुझाई अध्यावधिक हुने बताए । साथै उनले पालिकाले विपद् व्यवस्थापनका योजना प्राथमिकतामा राखेको बताउँदै सामाजिक संस्थाहरुलाई साझेदारीका लागि आग्रह गरे ।

त्यस्तै निड्स नेपालको स्कोप आर–थ्री परियोजनाका संयोजक ईश्वर उपाध्यायले विपद्का योजनालाई मुल प्रवाहिकरणमा ल्याउन तालिम आयोजना गरिएको बताए । उनका अनुसार परियोजना सञ्चालन रहेको भीमदत्त नगरपालिकाका कार्यपालिका सदस्य तथा शाखा प्रमुखलाई यस अघि नै तालिम दिईएको छ भने बेलडाँडी र परशुराम नगरपालिकामा पनि चाँडै तालिम आयोजना हुनेछ ।
तालिममा सहभागीलाई विपद्का प्रकृति अनुसार आवश्यक योजना निर्माणबारे जानकारीसँगै साझेदारीमा सञ्चालन गर्न सकिने योजनाबारे पनि छलफल हुनेछ । दोधरा चाँदनी नगरपालिकासँगको समन्वय तथा अक्सफाम र एक्टको सहजिकरणमा तालिम आयोजना गरिएको हो ।