महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले कक्षा ८को नतिजा सार्वजनिक गरेको छ । गाँउपालिकाले सोमबार आधारभूत तह कक्षा ८को नतिजा सार्वजनिक गरेको हो । निजी तथा सरकारी गरेर १४ विद्यालय सहभागि भएका थिए । जसमध्ये एक निजी विद्यालयका सबैभन्दा बढि विद्यार्थी उर्तिण भएका छन । बेलडाँडी गाँउपालिका १ मा रहेको सगरमाथा शिक्षा एकेडेमी झर्नासागरका १० विद्यार्थी मध्ये ९ विद्यार्थी उर्तिण भएका छन । उक्त विद्यालयका ९०विद्यार्थी उर्तिण भएका हुन ।
गाँउपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार राधाकृष्ण जनप्रिय आवि बैवाह र सिद्धनाथ आवि सिद्धचोकका एक पनि विद्यार्थी उर्तिण भएका छैनन । राधाकृष्णका १८ र सिद्धनाथका १२ विद्यार्थी परीक्षमा सहभागि भएका थिए ।
बैजनाथ मावि झिलमिलाका २५ मध्ये ४, बेलडाँडी ग्लोबल एकेडेमी बैवाहका ८ मध्ये ५, गणेश मावि भुर्षाका २३ मध्ये ३, कञ्चन ग्यालेक्सी पब्लिक स्कुल गौडीका २३ मध्ये १२, शैलेश्वरी मावि ढकनियाका २२मध्ये २, सरस्वती जनता मावि बैवाहका ६९मध्ये २५, सरस्वती मावि झर्नासागरका ६३मध्ये १७, रौलेश्वरका ४१मध्ये ३, सिद्धनाथ मावि चौफेरीका ३७ मध्ये ६, सिहपाल आवि चन्दनबस्तीका ३६मध्ये ५ विद्यार्थी मात्रै उर्तिण भएका छन । कुल ३सय ९९ विद्यार्थी मध्ये ९६ विद्यार्थी मात्रै उर्तिण भएका छन । बेलडाँडीमा २४ प्रतिशत मात्रै विद्यार्थी उर्तिण भएका हुन । सगरमाथा शिक्षा एकेडेमी झर्नासागरका प्रिन्सिपल गोरख बहादुर चन्दले शिक्षक, विद्यालय प्रशासन, विद्यार्थीको मेहनतले राम्रो नतिजा ल्याउन सफल भएको बताए । प्रिन्सिपल चन्दले आगामी दिनमा थप शैक्षिक गुणस्तर बृद्धिका क्षेत्रमा काम गर्ने प्रतिबद्धा जाहेर गरेका छन । गाँउपालिका स्तरकै आधारभूत तहमा अत्यन्तै चिन्ताजनक नतिजा त्यसैमध्ये सरकारी विद्यालयको नतिजा झन निरासाजनक आएपछि सरोकारवााले सुधारको विकल्प नभएको सुझाव दिएका छन ।
