नेपाल प्रगतिशील प्राध्यापक संगठनको एकाइ कमिटि अध्यक्षमा भट्ट

महेन्द्रनगर । नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस एकाइ कमिटीको अध्यक्षमा उप प्राध्यापक बिरेन्द्र भट्ट निर्वाचित भएका छन् ।

बिहिबार सम्पन्न एकाइ कमिटिको अधिवेशनबाट उप–प्राध्यापक भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै एकाइ कमिटिको उपाध्यक्षमा प्रकाशचन्द्र बडु, सचिवमा डा.गम्भिर बहादुर चन्द, र कोषाध्यक्षमा रमेश कुमार साउद चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हरी दत्त पन्त, मदन सिंह खड्का र हरिशरण भटट् चयन भएका छन् ।

अधिवेशनबाट पाँच जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जसमा उप प्राध्यापक शंकर दत्त भट्ट, टिकाराम खरेल, प्रकाशचन्द्र बडु, राजेन्द्र प्रशाद जोशी र डा. राजेन्द्र पन्त रहेका छन् ।
नव निर्वाचित अध्यक्ष भट्टले प्राज्ञीक हकहित र विश्वविद्यालयको विकास लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्