घरमै पुगेर नेपाली सेनाले गर्‍यो ह्वील चियर सहयोग

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं.२५ बाहिनी अड्डा भगतपुर ब्यारेकले अशक्त नागरिकलाई ह्वील चियर सहयोग गरेको छ । आईतबार दोधरा चाँदनी नगरपालिका–६ सुनाखरी टोलका ५४ वर्षीय विषन थापालाई नेपाली सेनाका प्रमुख सेनानी अनिल खड्कासहितको टोलीले घरमै पुगेर ह्वील चियर सहयोग गरेको हो ।

प्रमुख सेनानी खड्काले वडा कार्यालयको अनुरोधमा लामो समयदेखि अशक्त रहेका थापालाई ह्वील चियर सहयोग गरिएको बताए । नेपाली सेनाले नागरिकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन विभिन्न सामाजिक कार्य गदैँ आएको बताउँदै उनले भने ‘वडाध्यक्ष ज्यूले उहाँलाई ह्वील चियर आवश्यकता रहेको कुरा जानकारी गराउँनु भयो, घरमै आएर ह्वील चियर वितरण गर्न पाउँदा हामीलाई पनि खुसि लागेको छ ।’

ह्वील चियर प्राप्त गरेपछि थापाले नेपाली सेना र वडा वडाध्यक्षप्रति खुसि व्यक्त गदैँ धन्यवाद दिए । बाल्यकालमै पोलियो संक्रमण भएर अशक्त भएका थापाले ह्वील चियर प्राप्त गरेपछि हिँडडुलमा सहयोग हुने बताए ।
त्यस्तै वडाध्यक्ष ओम बस्नेतले लामो समयदेखि देखि थापा अशक्त रहेकाले वडा कार्यालयले नेपाली सेनालाई ह्वील चियरका सहयोगका लागि पत्राचार गरेको बताए । उनले विकास निर्माण कार्यसँगै वडावासिको सहजताका लागि विभिन्न निकायसँगै समन्वय गरि वडा कार्यालयले सामाजिक कार्यहरु गदैँ आईरहेको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्