भीमदत्तमा शनिबारबाट बृहत योग शिविर सुरु हुदैँ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसीमा बृहत योग विज्ञान शिविर सञ्चालन हुने भएको छ । पतंजलि योग समिति कञ्चनपुरको आयोजनामा शनिबारबाट योग शिविर सञ्चालन भईरहेको हो । भाँसीस्थित मेधावी माविको खेल मैदानमा योग शिविर सञ्चालन हुन लागेको पतंजलि योग समिति कञ्चनपुरले जनाएको छ ।
बैशाख २० देखि २४ गतेसम्म चल्ने शिविरमा पतंजलि नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेब मिश्रले प्रशिक्षण दिने छन् । पतंजलि कञ्चनपुरले योग शिविरमा सहभागी हुन सबैमा आग्रह गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्