आज Students’ Association of Computer Science (SACS) का पदाधिकारीहरूले CSIT विषयअन्तर्गत रहेका अनियमितता तथा समस्याहरू उजागर गर्दै IOST डीनसमक्ष ज्ञापन पत्र पेश गरेका छन्।
उक्त ज्ञापन पत्रमा विशेष रूपमा BScCSIT कार्यक्रम सञ्चालन गरिरहेका कलेज/क्याम्पसहरूले BScCSIT सञ्चालन कार्यविधिमा उल्लेख भएअनुसार MScCSIT स्नातक तथा पूर्णकालिन शिक्षकलाई मात्र कार्यक्रम संयोजकको रूपमा नियुक्त गर्नुपर्ने नियमको उल्लंघन भइरहेको विषयमा ध्यानाकर्षण गराइएको छ। कार्यविधि अक्षरशः पालना गर्नुपर्ने जोडदार माग पनि गरिएको छ।
ज्ञापन पत्रका विषयहरूमा छलफलको क्रममा IOST डीनले विषयको गम्भीरता महसुस गर्दै निकट भविष्यमा परिणामसहितका ठोस कदम चालिने आश्वासन दिएका छन्।
यस विषयले नेपालभर सञ्चालनमा रहेका CSIT कार्यक्रमहरूको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले, उक्त मागप्रति सरोकारवाला सबै पक्षहरूलाई SACS तर्फबाट गम्भीर ध्यान दिन अपील गरिएको छ।

