
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्र्तगत ईन्जिनियरिङ समाजको अध्यक्षमा दिनेश बडाल निर्वाचित भएका छन् । उनले सुवास महारालाई पराजित गदैँ समाजको अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल तीन सय ५० मत रहेकाेमा बडालले एक सय ८७ मत प्राप्त गरे । त्यस्तै समाजको उपाध्यक्ष एकेन्द्र उपाध्याय, महासचिव आयुश जोशी, सचिवमा उपेन्द्र थापा कोषाध्यक्ष दिपेन्द्र धामी निर्वाचित भएका छन् ।
अध्यक्ष बडालले विद्यार्थीकाे हकहित, सीप विकासलगायत सिर्जनात्मक गतिविधिमा जाेड दिने बताए । त्यस्तै सदस्यहरु भने मनोनित हुने समाजले जनाएको छ ।