दुई नेपाली खेलाडीलाई दक्षिण एशियाली कराते च्याम्पियनसिपमा ऐतिहासिक सफलता, अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर

कञ्चनपुर, वेदकोट — हालै सम्पन्न भएको ९औं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ (South Asian Karate Championship 2025) मा नेपालका दुई प्रतिभाशाली खेलाडीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। कोलम्बो, श्रीलङ्काको सुगतदास इनडोर स्टेडियममा ५ र ६ जुलाईमा सम्पन्न प्रतियोगितामा सहभागी भइ उनीहरूले नेपालको गौरव बढाएका छन्।

लुहार आस्था ले Junior Female Individual Kumite -48Kg तौलसमूहमा पहिलो स्थान (स्वर्ण पदक) जितेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गर्व गर्न लायक सफलता दिलाइन्। त्यसैगरी, तिरूवा सोनिया ले Under 21 Female Individual Kumite -68Kg मा तेस्रो स्थान (काँस्य पदक) जितिन्।

यस गौरवपूर्ण उपलब्धिका अवसरमा बेदकोट नगर खेलकुद अध्यक्ष पर्जापति भट्ट, राष्ट्रिय खेलकुद परिषद्का कराते प्रशिक्षक लक्ष्मण भाट, सिनियर सितोरियो कराते प्रशिक्षक तथा राष्ट्रिय रेफ्री किसन भाट, र राष्ट्रिय रेफ्री चन्द्र दयार ज्युहरूले सम्मानित गर्दै दुबै खेलाडीको हौसला बढाएका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण खेलाडीहरूलाई पनि धन्यवाद तथा शुभकामना दिइएको थियो।

यी खेलाडीहरूको सफलता नेपालका उदीयमान खेल प्रतिभाहरूको प्रतीक हो। जय खेलकुद, जय कराते!

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्