विदेशमा सिप सिके, स्वदेशमै दाजुभाई मिलेर उद्योग खोले

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तीन दाजुभाईले महेन्द्रनगर आल्मोनियमका झ्याल ढोका बनाउने उद्योग सञ्चालनमा ल्याएका छन् । बेलडाँडी गाँउपालिका–१ स्थानीय युवा सन्तोष सुनार, दिनेश सुनार, नरेश सुनारले मिलेर भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा आधुनिक उद्योग सञ्चालनमा ल्याएका हुन् ।
तीनै दाजुभाईले एक वर्ष अघि महेन्द्रनगरमा ब्रह्मा एसएनडी यूपिभिसी झ्याल ढोकाको व्यवसाय सुरु गरेका तीन दाजुभाईले जर्ममी प्रविधिमा आधारित मेसिन जडान गरि उद्योग खोलेका हुन् । ब्रह्मा एसएनडी यूपिभिसी झ्याल ढोका उद्योगबाट बस्तु उत्पादन शुरु गरेका छन ।

बुधबार उद्योगको भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उद्घाटन गरेका छन । उद्योगको उद्धघाटन गदैँ मेयर विष्टले युवाशक्ति विदेश पलायन भन्दा यसरी सिकेको सीप र श्रमको सदुपयोग गर्दै आर्थिक समुन्नततर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । उनले युवा पुस्ताले सीप, श्रम, प्रविधी, पूँजी र बजारको खोजी गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा सुझाव दिदै नगरपालिकाको तर्फबाट युवा उद्यमका कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।


ब्रह्मा एस.एन.डि.यूपिभिसीका प्रबन्ध निर्देशक दिनेश सुनारले उच्च आधुनिक प्रविधीको उद्योग कञ्चनपुरको पहिलो भएको बताए । ‘यस्तो प्रकृतिको उद्योग यस अघि सुदूरपश्चिममा हाम्रो मात्रै थियो, ‘उनले भने, ‘अहिले कैलालीमा एक खुलिसकेको छ, कञ्चनपुरका लागि यो पहिलो नै हो ।’ ५० लाख लागतमा उद्योग स्थापना गरिएको प्रबन्धक सुनारले बताए । ‘हामी तीन दाजुभाई मिलेर काम गरिरहेका छौँ, ‘उनले भने, ‘साईला दाजुले विदेशमा सिकेको सीप स्वदेशमा सदुपयोग गरिरहेको छौँ ।’ उनका अनुसार दैनिक १५० सम्म झ्याल ढोका उत्पादन भईरहेका छन ।


उद्योग संचालनमा आएसंगै ८ जना स्थानीयले रोजगारी पाएका छन । ‘हामीले उद्योग एक बर्ष पहिले नै स्थापना गरेका थियो, ‘उनले भने, ‘त्यहाँ सानो मेसिन छ, अब ठूला मेसिनबाट काम भईरहेको छ ।’ झ्याल र ढोका ध्वनी सहित, अक्सिजन सहित बलियो भएकाले उपभोक्ताले रुचाएको उनले बताए । जर्मनी प्रविधीबाट झ्याल र ढोका निर्माण गरिने प्रबन्ध निर्देशक सुनारले बताए । ‘यो नितान्त आधुनिक प्रविधीबाट उत्पादन गरिन्छ, ‘उनले भने, ‘फलाम र स्टील भन्दा कैयन गुना बढि राम्रो छ, त्यही भएर ग्राहकले शुचाईरहेका छन ।’

उद्योगमा उत्पादन भएको बस्तु सूदूरपश्चिम प्रदेशभरी खपत भईरहेको बताउदै उनले निकट भविष्यमै थप सेवा विस्तार हुने बताए । सरकारी, गैर सरकारी एव निजी घर, कार्यालय निर्माण गर्दा बढि माग आईरहेको उनले बताए ।
‘सबै काम मेसिनबाटै अटोमेटिक हुन्छ, ‘उनले भने, ‘मानविय जनशक्ति त अपरेटिङ्ग मात्रै हो ।’ काठ अभाव भईरहेका बेला बजारमा यूपिभिसी झ्याल ढोकाको माग बृद्धि भएसंगै उनले उद्योगको स्तरबृद्धि गरेका छन ।


प्रबन्ध निर्देशक दिनेशका साईला दाजु नरेश सुनार सात बर्ष अघि वैदेशिक रोजगारीक लागि विदेशिएका थिए । उनी साउदी अरबमा ढोका तथा झ्याल निर्माण गर्ने उद्योगमा कार्यरत थिए । दुई बर्ष अघि पहिलो चरणमा देखिएको कोरोना महामारीका बेला नरेश स्वदेश फर्किएका थिए । ६ बर्ष विदेशमा सिकेको सीप उनले स्वदेशमा उद्योगमा लगाईरहेका छन । भित्रको काम पुरै काम उनकै निर्देशनमा भईरहेको छ ।


आधुनिक मेसिन मार्फत झ्याल ढोका निर्माण गरिरहेका छन । ‘म वैदेशिक रोजगारीमा थिए, ‘उनले भने, ‘त्यहाँ सिकेको सीप आफ्नो मातृभूमिमा प्रयोग गरिरहेको छु ।’ कोरोना महामारीका कारण स्वदेश फर्किएका नरेशले दुई दाजुभाईसंग मिलेर उद्योग संचालन गरेका हुन । ‘मैले विदेशमा हुँदा यही काम गरेको हुँ, ‘उनले भने, ‘विदेशमा गर्ने काम आफ्नो मातृभूमिमा गर्ने पहिलेदेखि सोच्थे, आज आएर गरिहेको छु ।’ अर्का उद्योग संचालक सन्तोष सुनारले उद्योग संचालनमा आवश्यक व्यवस्थापन गरिरहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्