महेन्द्रनगर । सामाजिक कार्यमा सक्रिय रहेको निड्स नेपालले कञ्चनपुरका बाढी प्रभावित परिवारलाई सहयोग गरेको छ । केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित परियोजना अन्र्तगत बाढी तथा डुबान प्रभावित घरधुरीहरुलाई सरसफाइ तथा स्वच्छता सुविधाको लागि सरसफाई किट सहयोग गरिएको हो ।
![](https://deshpati.com/wp-content/uploads/2021/09/IMG_7768-1024x683.jpg)
निड्सले जिल्लाको पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाका बाढी तथा डुबान पिडीतलाई सरसफाई किट सहयोग जनाएको छ । निड्स नेपालका परियोजना संयोजक केशव मलाशीले विपदको समयमा स्वास्थ्य तथा सरसफाई क्षेत्र पुर्ण रुपमा प्रभावित हुने भएकाले अन्य महामारीको जोखिमलाई नियन्त्रण गर्न पिडीतलाई सहयोग गरिएको बताए ।
![](https://deshpati.com/wp-content/uploads/2021/09/IMG_7857-683x1024.jpg)
उनका अनुसार पुर्नवास नगरपालिकाको वडा नम्बर– ५ सिमरीका ६७ बाढी प्रभावित घरधुरी, र वडा नम्बर २ को दशरथ टोलका बाढी प्रभावित १८ परिवारलाई सरसफाईका सामाग्री सहयोग गरिएको छ । त्यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर २ मछेली टोल बाढी प्रभावित ६ घरधुरीलाई पनि निड्सले सहयोग गरेको छ ।
![](https://deshpati.com/wp-content/uploads/2021/09/IMG_7934-1024x683.jpg)
‘विपदको समयमा विभिन्न रोगको संक्रमण जोखिम रहन्छ ।’ संयोजक मलासीले भने ‘महामारीबाट बच्ने अचुक उपाय पुर्व सतकर्ता र सरसफाई हो, सोही कुरालाई मध्य नजर गदैँ बाढी प्रभावित परिवारलाई सरसफाई किट सहयोग गरिएको हो ।’
![](https://deshpati.com/wp-content/uploads/2021/09/IMG_7821-1024x683.jpg)
वितरण गरिएको सामाग्रीमा हात धुने साबुन (४ थान), कटन तौलिया(२ थान), साबुन दानी(२ थान),लुगा धुने साबुन(४ थान), सेनेटिरी कपडा (५० से.मी. ४ थान), मास्क, सेनिटाईजर, भित्रि वस्त्र, पानी फिल्टर कपडा, बाल्टिन, मग, झोला लगायतका १७ प्रकारको सरसफाईका सामाग्री रहेका छन् ।
![](https://deshpati.com/wp-content/uploads/2021/09/IMF026_1-1024x683.jpg)
सरसफाइ तथा स्वच्छता सुविधाको लागि सरसफाई किट वितरण कार्यक्रममा निड्स नेपालका अध्यक्ष अञ्जु जोशी, र्पुनवास नगरपालिकाका नगर प्रमुख जीवनराम थापा, पुर्नवास वडा नं ५ अध्यक्ष विर बहादुर बोगटीको सहभागीता रहेको थियो भने कृष्णपुर नगरपालिका मछेली खोला किनारमा गरिएको किट वितरण कार्यक्रममा कृष्णपुर–२ वडाध्यक्ष जय नारायण जोशी लगायतको उपस्थिती रहेको थियो ।
![](https://deshpati.com/wp-content/uploads/2021/09/IMG_7910-1024x683.jpg)
नगर प्रमुख थापाले विदपको बेला वितरण गरिएको सरसफाईका सामाग्रीेले रोगव्याधीको संक्रमणको जोखिम नियन्त्रणमा सहयोग पुग्ने बताए । सरसफाई किट पाएपछि बाढी प्रभावित स्थानीय हर्षित भएका छन्