नगर प्रमुख हमालद्धारा विद्यालय भवन उद्धघाटन

महेन्द्रनगर १६ भदौ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ स्थित सृजना आधारभूत विद्यालयको नवनिर्मित २ कोठे पक्की भवनको उद्धघाटन गरिएको छ । बुधबार नगर प्रमुख कर्ण बहादुर हमालले एक कार्यक्रमकाबिच विद्यालय भवनको उद्धघाटन गरेका हुन् ।


कृष्णपुर नगरपालिकाको सहयोगमा बेलिकुण्डी मुत्त कमैया बस्तीमा दुई कोठे विद्यालय भवन निर्माण गरिएको हो । भवन उद्धघाटन गदैँ नगर प्रमुख हमालले नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि भौतिक पुर्वाधारसँग अन्य कार्यक्रम सञ्चालन गरिएको बताए ।

विद्यालयको पठनपाठनमा सहजता ल्याउन भवन निर्माणका लागि सहयोग गरिएको उनले बताए ।
नगरपालिकाले समग्र नगरको विकासका लागि काम गरिरहेको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्