कास्कीमा पहिरोले घर भत्किँदा पति–पत्नीसहित ३ जनाको मृत्यु

अविरल वर्षापछि पहिरोले घर भत्किँदा कास्कीमा ३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। घटनामा ५ जना घाइते भएका छन्।
कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार अविरल वर्षापछि घर भत्किँदा ४५ वर्षीय कृष्णकुमार श्रेष्ठ र उनकी पत्नी सुनमाया श्रेष्ठको मृत्यु भएको हो। उनका ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ हराइरहेका छन्।
राति १ बजेतिर ब्लकले बनेको घर पहिरोले भत्किँदा पत्नीको घटनास्थलमै र कृष्णकुमारको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको हो। अर्का ९ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भए पनि उनी खतरामुक्त भएको डीएसपी हमालले बताए।
यसैगरी पोखरा–११ काहुँडाडामा घर भत्किँदा काहुँ भञ्ज्याङ नमुना नमुना टोलमा घर भत्किँदा ४२ लक्ष्य नेपालीको मृत्यु भएको छ भने उनकी १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भएकी छन्। उनी पनि खतरामुक्त छिन्।
अविरल वर्षापछि आएको बाढीले पोखराका विभिन्न ठाउँमा जमिन भासिएको छ। पोखराको नदीपुर क्षेत्रमा घर भासिएका छन् भने पोखरा–१३, काहुँखोला क्षेत्रका बस्तीहरू डुबानमा परेका छन्।
कास्की कांग्रेसका सभापति कृष्ण केसीका अनुसार पोखरा–१३ को काहुँखोला जमिनको सतहमाथि बगेको छ भने कमलपोखरी क्षेत्रका सबैजसो घर डुबानमा परेका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्