सिटीजन्स बैंकसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २१५ ओटा कम्पनीमध्ये सानिमा लाइफ इन्स्योरेन्स,सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेड,अरुण भ्याली हाइड्रोपावर,लक्ष्मी इक्विटी फण्ड र मनकामना स्मार्ट लघुवित्त संस्थाको शेयरमा उच्च खरीद माग रहेको छ ।

ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी सानिमा लाइफ इन्स्योरेन्सको १० लाख २४ हजार ९०९ कित्ता रहेको छ । उक्त कम्पनीको शेयर दोस्रो बजारमा बिहीवारदेखि शुरु भएको हो । सोही कारण पनि पनि कम्पनीको शेयरमा उच्च खरीद माग रहेको हो ।

त्यसैगरी सिटीजन्स बैंकको ३ लाख ९५ हजार ८३५ कित्ता,अरुण भ्याली हाइड्रोपावरको ३ लाख ९० हजार ६७७ कित्ता, लक्ष्मी इक्विटी फण्डको ३ लाख ८४ हजार ५ सय इकाई र मनकामना स्मार्ट लघुवित्तको ३ लाख ५३ हजार २५१ कित्ता शेयर खरीद माग रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्