धनगढीः सुदूरपश्चिममा ३५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ९ सय ७२ जनाको नमुना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालमा १ सय २३ जनाको नमुना परीक्षण गर्दा २४ जना, महाकाली अस्पतालमा १२ जनाो नमुना परीक्षण गर्दा २ जना र डडेल्धुरा अस्पतालमा १३ जनाको नमुना परीक्षण गर्दा १ जनामा कोभिडको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यस्तै कमल बजार प्रयोगशालामा ४ जनाको नमुन परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ। आज प्रदशभर ४० जना संक्रमणमुक्त भएका छन्।