नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री बलात्कार आरोपमा पक्राउ परेका छन्।
स्थानीय ४३ वर्षीया महिलालाई बलात्कार आरोपमा भदौ ८ गते खत्रीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेको हो।
खत्रीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रोपटक ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले बताए
पीडित महिलाले आफूलाई जबरजस्ती करणी गरेको उजुरी लिएर आएपछि थप अनुसन्धानका लागि खत्रीलाई पक्राउ गरेको डिएसपी सुवेदीले जानकारी दिए।
पीडित महिलाको रोल्पा अस्पताल रेउघामा स्वास्थ परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
