महेन्द्रनगगर । नेकपा एमालेले विभाजनपछि दल रोज्न पाउने आज अन्तिम दिन कञ्चनपुरमा नेकपा समाजवादी पार्टीमा सनाखद गरेका दुई जनप्रतिनिधिले सनाखद फिर्ता लिएका छन् ।
कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष सुरेन्द्र चौधरी र वडा सदस्य हजर सिंह कुवँरले सनाखत फिर्ता लिएका छन् । मंगलबार जिल्ला निर्वाचन कञ्चनपुरमा पुगेका उनिहरुले सनाखत फिर्ता लिदैँ मुल पार्टीमै फर्केका छन् ।
नेकपा एमाले विभाजन भएकापछि निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई मंगलबारसम्म दल रोज्न समय दिएको थियो ।

