बिउबिजन र कृषी सामाग्री पाएपछि व्यवसायिक तरकारी खेतीमा आकृर्षित कृष्णपुरका किसान

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शिवनगरकी माया ताम्राकार तरकारी खेतीका लागि बर्ना तयार गर्नमै व्यस्त छिन् आजभोली । अघिल्ला वर्षहरुमा घरकै लागि मात्रै तरकारी फलाउने गरेकी माया यस वर्ष भने व्यवसायिक तरकारी खेती गर्ने योजनामा छिन् । निड्स नेपालबाट पाँच हजार बराबरको बिउबिजन र कृषी सामाग्री पाएपछि व्यवसायिक तरकारी खेती गर्न उनि हौसिएकी हुन् । नगरपालिकासँगको समन्वयमा केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित परियोजना अन्र्तगत पालिकाका विभिन्न वडामा तरकारीको विउ र कृषी सामाग्री वितरण गरिएको छ ।

बिउबिजन पाएपछि तरकारी खेतीका लागि बेर्ना राख्दैँ किसान


निड्स नेपालको कोभिड–१९ द्रोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजना अन्र्तगत निशुल्क बिउ र अन्य आवश्यक कृषी औजार वितरण भएपछि त्यहाँका किसान व्यवसायिक तरकारी खेतीतर्फ आकृर्षीत भएका हुन् ।
सामान्य रुपमा तरकारी खेती गदैँ आएकी मायाले भनीन् ‘संस्थाबाट निशुल्क रुपमा विभिन्न प्रकारका तरकारीको बिउका लागि भौचर कार्ड पाएका थियौँ, त्यही कार्डले बिउबिजन किनेर ल्याएकी छु, अहिले बर्ना तयार गदैँछु । ’ निशुल्क बिउ र अन्य आवश्यक कृषी औजार पाएपनि व्यवसायिक तरकारी खेतीमा लगेको उनले बताईन् ।

बिउबिजन पाएपछि तरकारी खेतीका लागि बेर्ना राख्दैँ किसान


कृष्णपुर नगरपालिकाको वडा नम्बर १, ३, ७ र ८ का किसानलाई व्यवसायिक तरकारी खेतीका लागि निशुल्क विउ र अन्य आवश्यक कृषी औजार वितरण गरिएको हो । भौचर कार्डमार्फत वितरण भएको उक्त सामाग्रीले व्यवसायिक तरकारी खेतीमा सहयोग पुग्ने स्थानीय किसान हर्षित भएका छन् । कृष्णपुर–७ कलुवारपुरकी मेनुका ताम्राकार पनि अघिल्ला सिजनमा आफैले बिउ खरिद गरेर सामान्य रुपमा तरकारी खेती गदैँ आएकी थिईन् । ‘संस्थाबाट निशुल्क रुपमा विभिन्न प्रकारका तरकारीको बिउका लागि कार्ड पाएका छौँ, यसले व्यवसायिक रुपमा तरकारी खेती गर्न सहयोग मिलेको छ ’ उनले भनीन ।
कोभिड संक्रमणका कारण व्यवसाय गुमाएका परिवारलाई व्यवसाय पुर्नरत्थानसँगै व्यवसायिक तरकारी खेतीका लागि कृषिजन्य सरसामग्रीहरुको परियोजनाले सहयोग गरेको हो । त्यस्तै स्थानीय टेक बहादुर चौधरीले बिउबिजन पाएपछि तरकारी खेतीलाई विस्तार गर्ने योजना बनाएका छन् । ‘यस अघि हजारदेखि पन्ध्र सयसम्मको बिउ किन्थे ।’ उनले भने ‘अहिले पाँच हजार बराबरको बिउ ल्याएको छु, तरकारी खेतीलाई थप विस्तार गर्ने योजना बनाएको छु ।’

बिउबिजन पाएपछि तरकारी खेतीका लागि बेर्ना राख्दैँ किसान


उनले विगतका वर्षमा आफैले बिउ खरिद गरेर ल्याउदाँ न्युन गुणस्तरिय समेत पर्ने गरेको बताउँदै ‘यहाँको वातावरण अनुकुलको बिउ समयमै पाएका छौँ, यसले उत्पादन पनि राम्रो हुने आशा गरेका छौ ।’ निड्सले नगरपालिका ६० परिवारलाई प्रतिपरिवार पाँच हजार बराबरको कृषि सरसामग्री भौचर कार्डमार्फत वितरण गरेको हो । कोभिड संक्रमणका कारण व्यवसाय गुमाएका परिवारलाई व्यवसाय पुर्नरत्थानसँगै व्यवसायिक तरकारी खेतीका लागि कृषिजन्य सरसामग्रीहरुको सहयोग गरिएको परियोजनाका संयोजक केशब मलासीले बताए । उनका अनुसार निम्न वर्गाीय स्थानीय किसानको जिविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यका साथ कृष्णपुर– १, ३, ७ र ८ वडा नम्बरका कृषकलाई कृषि सामग्री सहयोग गरिएको हो ।

बिउ र कृषी सामाग्रीका लागि स्थानीयलाई भौचर हस्तान्तरण गरिदैँ


कृष्णपुर नगरपालिका नगर उपप्रमुख रमिता राना बडायकले किसानाई बिउबिजन र उपकरण वितरणले व्यवसायि तरकारी खेतीमा लाग्न सहयोग पुगेका बताईन् । त्यस्तै वडा नम्बर ७ का वडाध्यक्ष कमल सिंह खड्काले किसानलाई वितरण गरिएको सामाग्रीले उनिहरुलाई तकारी खेतीमा आकृषित गरेको बताए । उनका अनुसार बिउसहित कृर्षी सामाग्री पाएपछि किसान हर्षित भएका छन् । कृषकले नगरपालिकाकै गुलरियास्थित डेबिट एग्रोभेट सेन्टरबाट कृषि सामग्री र बिउ भौचरकार्डमार्फत बिउ र कृषी सामाग्री वितरण गरेको थियो ।

बिउ र कृषी सामाग्रीका लागि स्थानीयलाई भौचर लिन आएका स्थानीय

वितरण गरिएका कृषि सामग्रीमा बिउबिजनसहित २२ प्रकारका सामाग्री रहेका छन् । निड्सले काउली, टमाटर, खुर्सानी, मुला, बन्दा, धनिया लगायतको बिउका साथै पोटेटो जिङ्क, कृषि पोषक, स्प्रे टयाँकी, नर्सरी प्लास्टिक, प्लास्टिक, दाँते खुर्पी, कुटो, कोदालो र हजारी लगायका कृषी सामाग्री सहयोग गरेको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्