कञ्चनपुरमा नेकपा एसको पहिलो बैठकः जिल्ला कमिटीसँगै क्षेत्र र स्थानीय तहमा फोकल पर्सन तोकिए


महेन्द्रनगर २५ भदौ । नेकपा एमाले विभाजनपछि गठीत नेकपा एकिकृत समाजवादी कञ्चनपुरको पहिलो बैठक सम्पन्न भएको छ । महेन्द्रनगरको माया पार्टी प्यालेसमा भएको जिल्ला भेलाले जिल्ला कमिटिका पदाधिकारीको जिम्मेवारी तोकेको छ । भने स्थानीय तहमा पनि फोकल पर्सन तोकेको छ ।


जिल्ला अध्यक्षमा तारालामा तामाङ्ग, उपाध्यक्षमा जीवन थापालाई जिम्मेवारी दिईएको छ । उनिहरुलाई नेकपा एमालेकै पुर्ववत् जिम्मेवारी दिईएको हो । त्यस्तै क्षेत्र नम्बर एकमा कुल विर चौधरी, २ मा लालबहादुर खड्का र ३ मा प्रकास रावललाई फोकल पर्सनको जिम्मेवारी दिईएको छ । उनीहरु तिनै जना प्रदेश सभा सदस्य समेत हुन् ।
त्यस्तै सचिवमा रण बहादुर महरा, सह सचिवमा रविन्द्र कुवँरलाई जिम्मेवारी दिईएको छ । सह–सचिव कुवरले जिल्लाका स्थानीय तहमा फोकल पर्सन समेत तोकेको बताए ।

उनका अनुसार भीमदत्तमा प्रताप तिरुवा, वेदकोटमा सरेन्द्र केसी, शुक्लाफाँटामा रण सिंह सुनार, कृष्णपुरमा सुरेन्द्र बम, पुर्नवासमा स्थीर घिमिरे, बेलौरीमाा लाल बहालुर शाही र हिरामान श्रेष्ठ, बेलडाँडीमा बिर बहादुर विष्ट, लालझाँडीमा आरपी शार्कीलाई तोकिएको छ । दोधरा चाँदनीमा भने अहिले जिम्मेवारी नताेकिएको सह सचिव कुवँरले बताए । बैठकले अशोजसम्ममा जिल्ला अधिवेसन गर्ने र पार्टी संरचना विस्तार गर्ने निणर्य गरेको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्