विपद न्यूनिकरणका लागि अन्तरपालिकास्तरी गोष्ठी

महेन्द्रनगर– महाकाली नदी तटीय क्षेत्रमा विपदको अवस्था र जोखिम न्यूनिकरणका विषयमा अन्तरपालिका स्तरी कार्यशाला गोष्ठी महृन्द्रनगरमा सम्पन्न भएको छ । डडेलधुरा र कञ्चनपुरका ४ वटा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा उक्त गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा सहभागी पालिकाहरुका जनप्रतिनिधिहरुले विपद व्यवस्थापनका लागि समुदाय स्तरमा विपद व्यवस्थापन समिति गठन गरि तिनिहरुको क्षमता विकाससंगै कार्यविधि निर्मँण गरेर त्यसको कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले आप्mनो पालिकामा रहेको विपदको समस्या, न्यूनिकरणका लागि निर्मँण गरिएका योजना र पालिकाले गरिरहेको काम तथा पूर्व सुचना प्रणालीको व्यवस्थापनबारे भइरहेका अभ्यासबारे छलफल र अनुभव आदानप्रदान गरे ।
निड्स नेपालको आयोजनामा सम्पन्न गोष्ठीमा दोधारा चा“दनी नगरपालिकाका प्रमुखर वीर बहादुर सुनार, पुनर्वास नगरपालिकाकी उपप्रमुख कलावती बोहरा, बेलडाडी गाउ“पालिकाकी उपप्रमुख कमला कार्की र भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका वडाका वडाध्यक्ष लगायतको सहभागिता रहेको छ । कार्यक्रममा पालिकास्तरी विपद व्यवस्थापन समितिका पदाधिकारी र अनय जनप्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीको अध्यक्षता र दोधारा चा“नी नगरपालिकाका प्रमुख वीर बहादुर सुनारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्