महेन्द्रनगर । होटल व्यवसायी महासंघ नेपालको चौथो केन्द्रीय कमिटिको बैठक महेन्द्रनगरमा सम्पन्न भएएको छ । शनिबार केन्द्रीय कमिटिको बैठक महासंघका अध्यक्ष हिराध्वज शाह अध्यक्षमा सम्मन्न भएको हो ।
बैठकले महासंघको समसामयिक विषयमा १५ वटा एजेण्डाहरु माथि छलफल गर्दै महत्वपूर्ण निर्णय गरेको महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीले बताए । उनका अनुसार बैठकले पश्चिमी नाका गड्डाचौकीमा पर्यटन सेवा केन्द्र निर्माणका लागि सहयोग गर्ने निणर्य गरेको छ । केन्द्र निर्माणका लागि भीमदत्त नगरपालिकाले जग्गा उपलब्ध गराएको भने त्यसमा आवश्यक पर्यटकीय सूचना केन्द्र तथा पर्यटन प्रवद्र्घनको लागि पूर्वाधार निर्माण गर्न नेपाल पर्यटन वोर्ड , संघीय सरका र , प्रदेश सरकार तथा स्थानीय सरकारबाट सहयोग लिएर महासंघले होटल व्यवसायी संघ कञ्चनपुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने निर्णय गरिएको हो ।

त्यस्तै महासंघले सुदुरपश्चिम भ्रमण योजनालाई पनि अघि बढाउने निर्णय गरेको छ । त्यसका लागि महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारी जिम्मेवारी तोकिएको छ ।
होटल व्यवसायी महासंघको आगामी साधारण सभा आउँदो पुष भित्रमा आयोजना गर्न महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
त्यस्तै नेपालभरका होटल व्यवसायीहरुको प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्घनको निमित्त नेपाल पर्यटन वोर्ड , संघीय सरकार , प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी पर्यटन डायरी–२०७८ प्रकाशन गर्ने लगायतका निर्णय महासंघले गरेको छ । होटल व्यवसायी संघ कञ्चनपुरले महासंघको केन्द्रीय बैठकको पुर्वसन्ध्यामा महेन्द्रनगरमा बृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । जसमा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन वातावरण तथा पर्यटनमन्त्री सन्तोष धामी, भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्ट, वेदकोट नपाका मेयर अशोक कुमार चन्द लगायत पर्यटन व्यवसायीको सहभागीता रहेको थियो ।