नेवि संघद्धारा संविधान दिवसको अवसरमा दिप प्रज्वलनसहित नेपाली झन्डा फहराईयो

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती क्याम्पसमा सातौँ संविधान दिवसको अवसरमा दिप प्रज्वलनसहित राष्ट्रिय झण्डा राखिएको छ । नेवि संघ जनज्योती क्याम्पस कमिटीले आइतबार दिप प्रज्वलनसहित राष्ट्रिय झण्डा राखेर दिवस मनाएको हो ।


दिवसका अवसरमा जनज्योति बहुमुखी क्याम्पस, जनज्योति चोकमा दिप प्रज्वलन गरिएको ने.बि सघं जनज्योतिका नेता उप्रेन्द्र बलमे बताए । उनले शान्ति, समझदारी, सहयोग, सद्वभाव र एकतासहित सन्देश दिन कार्यक्रम गरिएको बताए । देशभर विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाईएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्