महेन्द्रनगर – सुदूरपश्चिम बिश्वविद्यालय अखिल (क्रान्तिकारी)को राष्ट्रिय अध्यक्षमा गणेश राज मिश्र निर्वाचित भएका छन् । सुदुरपश्चिम विश्वविद्यालय अखिल (क्रान्तिकारी)को राष्ट्रिय कमिटीको प्रथम सम्मेलनले मिश्रलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनी लामाे समय देखि विद्यार्थी राजनीतिमा सक्रिय रहदैँ आएका छन् ।
त्यस्तै उपाध्यक्षमा भूपेन्द्र रावल, उपाध्यक्षमा धन बहादुर साउँद, सचिवमा गणेश नेपाली, सहसचिवमा प्रेम परियार, सहसचिवमा दिनेश शाही, कोषाध्यक्षमा प्रतिक्षा साउद सहितको २१ सदस्यीय कमिटि गठन गरिएको छ ।

