महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको पहिलो पुर्ण बैठक सम्पन भएको छ । पार्टी विभाजनपछि एमाले कञ्चनपुरको पहिलो पुर्ण बैठक मंगलबार सम्पन्न भएको हो । बैठकले पार्टीलाई सुदृढीकरण र एकताका पक्षमा दृढताका साथ उभिने निणर्यसहित बैठक सम्पन्न गरेको छ । एमाले कञ्चनपुरको पूर्ण बैठकले पार्टीलाई एकता रुपमा अघि बढाउनेसहित १३ वटा निणर्य गरेको छ ।
बुधबार एमाले कञ्चनपुरले पार्टी कार्यालयमा पत्रकार सम्भेलन आयोजना गरि बैठकबारे निर्णय सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा नेताहरुले पार्टी सुदृढीकरण र एकताका पक्षमा दृढताका साथ उभिन र विभाजनमा लागेकालाई मुल पार्टीमा फर्कन अपील समेत गरेका छन् । नेकपा एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टले एमाले फुट होईन जुटको संघारमा अघि बढिरहरेको बताए ।

‘हिजोका दिनमा जे भयो, ठिक त्यसलाई एक ढङगले समिक्षा गरौँला, ‘उनले भने, ‘अब पार्टी एक ढिक्का भएर अघि बढ्छ ।’ पार्टीले सबै वडा, पालिका एव जनबर्गिय संघ संगठनका बैठक भेला समेर नयाँ नेतृत्व चयन गरेको बताउदै सचिव विष्टले जनताको जनजिविका सवालमा अघि बढ्ने बताए ।
भीमदत्त नगरका नगर प्रमुख समेत रहेका एमाले सचिव विष्टले भीमदत्त नगरको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पार्टीका तर्फबाट सहयोग भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोडदिए । त्यसका लागि सहयोग सहजिकरण गर्ने निणर्य एमालेले पनि गरेको छ । त्यस्तै बैठकले जनताका समस्या समाधानका लागि सरकारसँग पहल गर्ने र पार्टीलाई एकताबद्ध गरेर अघि बढ्ने निणर्य भएको उनले बताए ।
एमाले अध्यक्ष बिर बहादुर थापा(पातल)ले पार्टी फुटको अवस्थामा नभई जुटको अवस्थामा उन्मुख भईरहेको बताउदै, समाजवादीतिर गएका नेताहरुलाई फर्किन आह्वान गरे । ‘दश बुँदे सहमती अनुरुप एमाले कञ्चनपुरको अध्यक्ष तारालामा नै थिए, त्यसका लागि उहाँलाई प्रस्ताव पनि गरिएको थियो ।’

उनले भने, ‘उहाँलाई अध्यक्षकै जिम्मेवारी दिएर पार्टीलाई एकतावद्ध गर्ने र त्यसका लागि म जिम्मेवारी छोड्न तयार भएको थिए, तब उहाँ पार्टी फर्किनु भएन् ।’ एमाले छोडेर नेकपा एकिकृत समाजवादी रोजेका तामाङ्ग हाल सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री बनेका छन् । एमाले कञ्चनपुर इन्चार्ज एवं प्रतिनिधी सभा सदस्य निरुदेवी पालले नेकपा एमाले १० बुदेँ सहमतीका साथ अघि बढेको बताईन् । उनले नेकपा एमाले जेठ २, जेठ ३ र नेकपाको निरन्तरताको रुपमा अघि बढी रहेको बताईन् ।
एमाले जिल्ला कमिटीको पुर्ण बैठकले गरेका निणर्यहरु
१) पार्टी एकताका लागि गठित कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई रचनात्मक रुपमा कार्यान्वयन गर्दै २०७५ जेठ २ गतेको पार्टी संरचनाबाट सबै कमिटीहरु सञ्चालन गर्ने र पार्टी एकताको निरन्तरतामा आएका कमरेडहरुको व्यवस्थापन गर्दै पार्टीलाई थप मजबुत गर्दै अगाडी बढाउने र नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा रहेको हाम्रो पार्टी विभाजन र फुटले कम्युनिष्ट आन्दोलनले प्राप्त गरेको उपलब्धिहरु गुमाउनु पर्ने र नेपाली जनताको परिवर्तन तथा समृद्धिको सपना माथि कुठराघात हुने र नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागिपरेका देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको आकांक्षा पुरा हुने कुरा घाम झै छर्लङ्ग छ । जीवन्त र लोकतान्त्रिक पार्टी भित्र समस्याहरु उत्पन्न हुनु, समस्याहरुलाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वभाविक कै हो तर समस्याको विकल्प विभाजन एवं विग्रह होइन । पार्टीका कुनै पनि समस्या हुँदा अन्तरपार्टी छलफलका माध्यमबाट सामाधान खोज्ने र अझ उन्नत स्तरको एकता कायम गर्दै अगाडी बढ्ने यस पार्टीले विकास गरेको संस्कृति हो यहि विधिबाट सबै समस्या सामाधान हुदै आईरहेको अवस्थामा फुट र विभाजनको पक्षमा कसैलाई नलाग्न आग्रह गर्दै पार्टी एकता र सुदृढ नेकपा(एमाले)को पक्षमा दृढता पुर्व उभिन सबै तह तप्का, नेता कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुका हार्दिक आह्वान गर्ने ।
२) पार्टी सुदृढीकरण र एकताका पक्षमा दृढताका साथ उभिने सबैमा धन्यवाद दिने तथा कुनै कारणबस पार्टीबाट बाहिरीएका तथा तटस्थ रहेका कार्यकर्ता तथा नेतागणहरुमा पार्टीमा फर्कन आह्वान गर्नेे ।
३) वर्तमान समयमा देश प्रति जिम्मेवार र राष्ट्रियताको पहरेदारका रुपमा लोकतन्त्र र संविधानको रक्षाका लागि एवं जनताको सच्चा प्रतिनिधिका रुपमा भुमिका खेल्ने, मुलुकलाई अस्थितरता तिर लैजाने, उपलब्धिहरुलाई उल्टाउने, बाह्य चलखेललाई बढावा दिने, संवैधानिक सन्तुलन खल्बल्याउने, मुलुकलाई तनावपुर्ण राजनीतिक द्धन्द्धतिर धकेल्ने तथा जनताका हितमा आघात पु¥याउने जस्ता कुनै पनि गतिविधि हुन नदिन हरबखत चनाखो र संवेदनशील रहने ।
४) नेकपा (एमाले) नेतृत्वको सरकाले आरम्भ गरेका रुपान्तरणकारी परियोजना, राष्ट्रिय महत्वका योजना, सामाजिक न्यायका अभियान र बाह्य सम्बन्धमा सुदृढीकरणका कामलाई निरन्तरता दिन दबाव दिईरहने । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपुर्तिका लागि सिर्जनात्मक रुपमा अविचलित रही क्रियाशील रहने ।
५) पार्टी नेतृत्वको सरकारले गरेको महत्वपुर्ण कामहरुलाई जनताका बीचमा स्थापित गर्दै पार्टीको पक्षमा जनमत सिर्जना गर्ने पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहहरुबाट विकास निर्माण र जनहितका पक्षमा अझ प्रभावकारी कामहरु गर्ने, आगामी निर्वाचनमा पार्टीलाई मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्न योजनावद्ध रुपमा तयारी गर्ने ।
६) पार्टीलाई वैचारिक रुपमा स्पष्ट लक्ष्य सहित जनताको भरोसायोग्य पार्टीका रुपमा स्थापित गर्ने । यसका लागि माक्र्सवाद, लेनिवाद र जनताको बहुदलीय जनवादको सैद्धान्तिक एवं वैचारिक मार्गदर्शनका अलावा नेपाली समाजको वर्तमान वर्ग चरित्र, यसका अन्तरविरोधहरु, विभिन्न पार्टीहरुका वर्गीय र राजनीतिक चरित्र, बदलिदा सामाजिक र आर्थिक सम्बन्ध तथा सामाजिक आर्थिक रुपान्तरणको बाटोमा देखिएका अवरोध लगायतका बिषयमा पार्टी पंक्तिका विचमा स्पष्ट पार्ने ।
७) भूमि सम्बन्धी समस्या समाधान गर्न र जनतालाई जमिनको मालिक बनाउन तथा भूमिहीन सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने कार्य तत्काल सञ्चालन गर्न र आरक्षबाट विस्थापित आरक्ष पिडीतहरु, मुक्त कमैया, मुक्त कमलरी तथा मुक्त हलीयाका समस्या समाधानका लागि नेपाल सरकारसंग माग गर्ने ।
८) मिति २०७८ श्रावण १५ गतेका दिन दार्चुला जिल्लाबाट भारत तर्फ तुईन चढेर जादै गर्दा भारतीय सीमा सुरक्षा बलले तुईन काटीदिएपछि स्थानिय जय सिंह धामी महाकाली नदिमा बेपत्ता भएको घटना प्रति दुःख व्यक्त गर्दै सो घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई आवश्यक कार्वाहीका लागि भारतीय पक्षसंग आवश्यक पहलका साथै निज धामीको परिवारलाई राहत तथा क्षतिपुर्ति उपलब्ध गराउन नेपाल सरकार संग जोडदार माग गर्ने निर्णय गरिएको छ ।
९) विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको (कोभिड–१९) को संक्रमणबाट नागरिकहरुलाई बचाउनका लागि सम्पुर्ण कञ्चनपुर जिल्लाबासीलाई अनिर्वाय खोपको व्यवस्थापन गर्न नेपाल सरकार संग माग गर्ने ।
१०) भीमदत्त नगरपालिका क्षेत्रमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि आवश्यक पर्ने स्थान उपलब्ध गराउने कार्यमा आवश्यक सहयोग एवं सहजिकरणका लागि सम्पुर्ण नगरबासी, राजनीनितिक दल, बृद्धिजीवि, नागरिक समाज, सञ्चारकर्मी, सबैलाई हार्दिक अपिल गर्ने ।
११) बाढी पहिरो, कटान–डुबान, जंगली जनावरले गरेको बालीनाली नोक्सानीले क्षति पुगेका परिवारको उचित व्यवस्थापन तथा नोक्सानीको क्षतिपुर्ती उपलब्ध गराउन एवं समयमै धानको समर्थन मुल्य तोक्न माग गर्दै किसानलाई समयमा मलखाद उपलब्ध गराउन जोडदार माग गर्ने ।
१२) भीमदत्त नगरपालिकाको वडा नं.९ ब्रह्मदेव स्थित नगरपालिकाद्धारा कल्र्भट निर्माण भईरहेकोमा भारतीय सीमा सुरक्षा बलद्धारा अवरोध भई काम हुन नसकेकोले सो कार्य तत्काल सुचारु गर्न कुटनैतिक पहल गर्न नेपाल सरकार संग माग गर्ने ।
१३) विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको (कोभिड–१९)को संक्रमण तथा देशमा भएका विभिन्न परिवर्तनहरुका लागि गरिएका आन्दोलनहरुमा ज्यान गुमाउनु हुने पार्टीका नेता कार्यकर्ता, सुभचिन्तक तथा नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरिएको छ ।

