महेन्द्रनगर । शनिबार सुदूरपश्चिम प्रदेश सरकारको टोलीले पनि बाढी प्रभावित क्षेत्र खल्ला–मसेट्टीको स्थलगत अनुगमन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

पुर्वराज्य मन्त्री एंव्म प्रदेश सभा सदस्य प्रकास रावलले बाढीपछि त्यस क्षेत्रमा पुगेको क्षतीबारे अनुगमन गरिएको बताए । उनले अनुगमनपछि प्रदेश सरकारले राहत तथा क्षतीपुर्तिको आवश्यक व्यवस्था गर्ने बताए । टोलीले बाढीले नित्याएको क्षतीको विवरण संकलनसँगै स्थानीयको समस्यबारे जानकारी लिएको छ ।
