बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारमा निड्स नेपाल

महेन्द्रनगर । असोज ३१ गते राति देखि निरन्तर परेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । बाढी र डुबानले कष्टकर बनेको जनजीवन सहज बनाउन निड्स नेपालले निरन्तर उद्धार र राहतमा सहयोग गर्दैँ आएको छ । बाढीले डुबानमा परेका स्थानीयलाई उद्धार कार्यमा खटिएको निड्सले अहिले प्रभावितलाई राहत सहयोग गरिरहेको छ ।
विभिन्न दातृ निकायसँगको सहकार्यमा राहत वितरण कार्य भईरहेको निड्का कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । उनका अनुसार निड्सले शनिबार बेलौरी–१० का उच्च बाढी प्रभावित ६५ घरधुरीलाई खाद्यान्न र गैर खाद्यन्न राहत उपलब्ध गराईएको छ । भने आईतबार ८७ घरधुरीमा उक्त सामाग्री वितरण गरिने छ ।

निड्सले भीमदत्त–११ र १२ का प्रभावितलाई खानासँगै खाजाको व्यवस्था पनि गरेको थियो । त्यस्तै शुक्रबार दोधरा चाँदनीमा खानेपानिसँगै कम्मल, डिफर्म र सरसफाई सामाग्री वितरण गरिएको कार्यकारी निर्देशक रेग्मीले जानकारी दिए ।
निड्सले केयर नेपाल, युनिसेफससँगको सहकार्यमा राहत र उद्धार कार्य गदैँ आईरहेको छ ।
राहतको कार्यक्रमलाई कञ्चनपुरसँगै कैलालीका बाढी प्रभावित सामुदायमा पनि सञ्चालन गरिने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्