लालझाडीका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई क्षमता विकास तालिम

लाल बहादुर एस.के.
लालझाडी, कार्तिक १६ । कञ्चनपुरकाे लालझाडीमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि क्षमता विकास तथा सुशासन सम्बन्धी तीन दिने तालिम मँगलवार सम्पन्न भएकाे छ ।
लालझाडी गाउँपालिका २ नं. वडा कार्यालयकाे सभाहलमा भएकाे तालिममा १६ अाेटा सामुदायिक विद्यालयका प्रधानाध्यापहरुकाे उपस्थिति रहेकाे थियाे ।

तालिमकाे उद्घाटन गाउँपालिका अध्यक्ष मदनसेन बडायकले गरेका थिए भने तालिमकाे समापन प्रमुख प्रशासकिय अधिकृत महेन्द्र सिह रावल गरेका थिए । समापन कार्यक्रममा अतिथि लालझडी गाउँपालिकाका शिक्षा शाखा अधिकृत शिद्धराज भट्ट रहेका थिए भने कार्यक्रम को सन्चालन शिक्षा शाखाका कुवेर बमले गरेका थिए ।
तालिममा लालझाडी गाउँपालिका लेखाशाखा प्रमुख वसन्त धानुक, दिपायल शैक्षिक तालिम केन्द्रका प्रशिक्षक पनेरु र लाल बहादुर कठायतले प्रशिक्षण दिएका थिए । तालिम निकै उपलब्धि मुलक रहेकाे बैजनाथ बहुभाषिक अाधारभुत विद्यालय डाँगाजाईका प्रधानाध्यापक सुरेन्द्र बाेहराले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्