नेकपा एमाले भीमदत्त नगरकाे अध्यक्षमा हिमाल चन्द सर्वसम्मत चयन


महेन्द्रनगर । नेकपा एमालेको भीमदत्त नगर अधिवेशनबाट अध्यक्ष पदमा हिमाल चन्द सर्वसम्मत निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष चन्द भीमदत्त नगरपालिकाका प्रवक्ता र १७ नम्बर वडाका वडाध्यक्ष हुन् । एमालेको नगर कमिटी उपाध्यक्षमा मनिराज जोशी, सचिवमा गणेश चन्द, उपसचिवमा नरेन्द्र कार्की र सुनकेशरा नेपाली सर्वसम्मत निर्वाचित भएका नेकपा एमाले कञ्चनपुरका जिल्ला सचिव सुरेन्द्र विष्टले जानकारी दिए ।
नगर अधिवेशनबाट ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्