महेन्द्रनगर । सामाजिक तथा मानविक सेवाको क्षेत्रमा सक्रिय समाजसेवि केशब कुमार मलासीले आफ्नो जन्मदिनको अवसरमा वृद्ध सेवा केन्द्रमा फलफुल वितरण गरेका छन् ।

उनले शुक्रबार आफ्नो जन्म दिनको अवसरमा जेष्ठ नागरिक सेवा केन्द्रका १६ जना वृद्धवृद्धालाई फलफुल वितरण गरेका हुन ।

कैलालीको गोदावरी नगरपालिका स्थानीय समेत रहेका मलासी विभिन्न सामाजिक कार्यमा काम गदैँ आएका छन् ।
उनले कञ्चनपुरको वेदकोट नगरपालिकास्थित बैजनाथ जेष्ठ नागरिक सेवा केन्द्रका वृद्धवृद्धालाई फलफुल वितरण गरेका हुन् ।

जन्मदिनसँगै तिहारको समयमा असहाय वृद्ध आमाबुवालाई सम्झीएको उनले बताए । साथै जन्मोत्सवका अवसरमा फजुल खर्च गर्नु भन्दा सामाजिक क्षेत्रमा खर्च गरे अशक्त तथा असहाय नागरिकलाई सहयोग पुग्ने उनको भनाई छ ।

