महेन्द्रनगर । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था धनगढी शाखा समन्वय समिति गठन गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सिए उमेश राज पाण्डेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
संस्थाका कार्यकारी निर्देशक सजय कुमार सिन्हाले धनगढी शाखा समन्वय समिति गठन गरि पत्राचार गरेका छन् ।
धनगढी शाखा समन्वय समितिको सदस्यमा सिए. चिरन्जिवी पाठक, टेकराज पनेरु, जनम राज तिमिल्सिना, आरए. भरत राज जोशी, चेतराज ओझा, अम्बर राज जोशी र टेकेन्द्र उपाध्याय रहेका छन् । शाखा संयोजक पाण्डेले संस्थाले तोकेको जिम्मेवारी अनुसार संस्थागत विकास र पेसागत हकहितका लागि काम गर्ने बताए ।
