शैक्षिक स्तर सुधारदैँ लक्ष्मी माविः देउसी भैलोको रकमबाट अनाथालयमा फलफुल वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटा स्थित लक्ष्मी माध्यमिक विद्यालयले देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरेको छ । विद्यालयको बाल क्लबले आयोजना गरेको देउसी भैलो कार्यक्रम–२०७८ बाट २८ हजार दुई सय २८ रुपयाँ संकलन भएको विद्यालयका प्रधानध्यापक प्रमानन्द नाथले बताए । उनका अनुसार देउसी भैलोबाट संकलन भएको रकम मध्येबाट समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल वितरण गरिएको हो ।


विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै सामाजिक कार्यमा पनि उत्प्रेरित गराउन र असहाय बालबालिकालाई सहयोग गर्न फलफुल वितरण कार्यक्रम आयोजना गरिएको हो ।’ प्रअ नाथले भने ‘हामी विद्यार्थीको चौतर्फी विकास र शैक्षिक स्तर सुधारका लागि योजनाका साथ काम गरिरहेका छौ, यसमा सबैको साथको अपेक्षा गरेका छौँ ।’ त्यस्तै बाल क्लबकी संयोजक तथा शिक्षीका लक्ष्मी बमले विद्यार्थीको क्षमता अभिवृद्धीका लागि विद्यालयले विविध कार्यक्रम आयोजना गदैँ आएको बताईन् ।


फलफुल वितरण कार्यक्रममा सहायक प्रअ प्रेम प्रकास जोशी लगायत शिक्षक भवानि सिंह भण्डारी, हरी कुमारी पाण्डेय, ज्योती बोहरा, गीता बम, लक्ष्मी बम र लेखापाल तेजराज जोशी लगायतको उपस्थिति रहेको थियो ।


शिक्षक स्तर सुध्रादैँ लक्ष्मी मावि

भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलानपछि शिक्षक प्रमानन्द नाथले लक्ष्मी माविको प्रअको जिम्मेवारी समाले । उनले अशोज १३ गतेबाट प्रअको जिम्मेवारी समालेपछि विद्यालयको शैक्षिक अवस्था सुधार हुदैँ आएको विद्यार्थीको भनाई छ ।


बाल क्लबकी सचिव पुप्पा जोशीले पहिले विद्यालयमा नियमित पढाई र अन्य कार्यक्रम हुदैँनथ्यो ।’ भनिन् उहाँ(प्रमानन्द नाथ) हेड सर भएर आएपछि धेरै राम्रो भएको छ, नियमित पढाईसँगै अन्य कार्यक्रम पनि भईरहेका छन् ।’
साथै उनले सामाजिक विषयको शिक्षक नआएकाले सो विषयको पढाई अवरुद्ध रहेको उनले बताईन् । शिक्षक सामायोजनामा सरुवा भएकी शिक्षीका पार्वती विष्ट हालसम्म विद्यालयमा हाजिर भएकी छैनन् । जसका कारण सामाजिक विषयको अध्यापन प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन् ।

त्यस्तै विद्यालयकी अर्की छात्रा एंव्म बाल क्लबकी उपाध्यक्ष कविता अवस्थीले नयाँ प्रअ आएपछि विद्यालयको अवस्थामा सुधार आएको बताईन् । साथै विद्यार्थीले तत्काल सामाजिक विषयको शिक्षकको आपुर्तीका लागि पनि आग्रह गरेका छन् । समायोजन भएको शिक्षकलाई पठाईदिन नगरपालिकालाई ताकेता गरिएको प्रअ नाथको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्