कञ्चनपुर-१ बाट नेकपा एमालेकाे १० औँ महाधिवेशनका लागि चुनिए ५ प्रतिनिधि

महेन्द्रनगर । नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ मा चुनावबाट प्रतिनिधि छनौट भएका छन । प्रतिनिधि छनौटका लागि आइतबार दिउँसो मतदान भएकाे थियो । सोमबार बिहान सम्पन्न मत गणनाबाट महाधिवेशन प्रतिनिधिहरूको टुङ्गो लागेको नेकपा एमाले क्षेत्रीय स्तरको निर्वाचन कमिटी कञ्चनपुर क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत वेद प्रसाद उपाध्यायले बताए ।
उनका अनुसार क्षेत्र नम्बर १ मा खुला तर्फ कुल २ हजार ८ सय ६ सङ्गठित सदस्य मतदाताहरू रहेकोमा १ हजार ७ सय ४० सङ्गठित सदस्यहरू मतदानमा सहभागी भएका थिए। ४ जना खुला प्रतिनिधि छनौटका लागि भएको चुनावबाट वीर बहादुर थापा (१,५१७), पल्लवराज भट्ट (१,१५३) भक्त बहादुर अधिकारी(८०६) र हिरासिंह बिष्ट (७४१) मत सहित निर्वाचित भएका छन् ।
अन्य उम्मेदवारहरू रोशन बहादुर खड्का (७२६), खेम सुवेदी (६५०), रामचन्द्र नेपाल (४८५), खेमराज ओझा (२७०) र महिलातर्फ चित्रा देवी चौधरी (७२३) महाधिवेशन प्रतिनिधिमा छनौट हुन सकेनन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्