प्रचण्डले भनेः ‘तीनै तहको निर्वाचनसम्म गठबन्धन हुन्छ, सुदूरपश्चिममा सरकार परिवर्तन हुँदैन’


धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वटै तहको निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताएका छन्। नेपाली काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्ध हुँदैन’ भन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको उनले बताए।
बुधबार बिहान धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बाहिर जे बोले पनि भित्री रुपमा सबैले गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएको दाबी गरे। ‘भित्री रुपमा गठबन्धन नगरी हुँदैन भन्ने नेताले पनि राम्ररी बुझेका छन्, त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ’ उनले भने, ‘त्यसका लागि अहिले सबै दलबीच राम्रो समझ्दारी बनेको छ।’
पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको भन्दै प्रचण्डले राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने पनि बताए। यस्तै उनले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको बताएका छन्। पटक–पटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने भन्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ, सकेसम्म तीनै तहको चुनाव एकैपटक गर्छौं।
उनले नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकार पनि परिवर्तन नहुने उनले पनि बताएका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्