महेन्द्रनगर । अक्सफामको सहयोगमा सञ्चालित ट्रोसा परियोजनाले सुरु गरेको महाकाली संवादलाई निन्तरता दिनु पर्नेमा जोड दिईएको छ । महेन्द्रनगरमा सोमबार आयोजित एक कार्यक्रमका सहभागीताले परियोजनाले सञ्चालन गरिरहेको महाकाली संवादलाई निरन्तरतामा जोड दिएका हुन् ।

अक्सफाम नेपालको सहयोगमा निड्स नेपालले चार वर्ष अघि सुरु गरिएको परियोजना फेज आउटको चरणमा छ । परियोजनाले सञ्चालन गरेको महाकाली संवाद कार्यक्रमको प्रभावकारीता र निरन्तरता विषयक छलफल कार्यक्रमका सहभागीले परियोजना सञ्चालनमा जोड दिएका हुन् ।

परियोजनाले महाकाली नदी तटीय क्षेत्रका नागरिकको समस्या पहिचानसँग समाधानका लागि पहल गर्ने, महाकाली नदीको बहुपयोग, पुर्व सुचना प्रणालीसँगै नदी र जलचर संरक्षणका क्षेत्रमा काम गदैँ आएको छ । परियोजनामार्फत नदी तटिय क्षेत्रका समुदायमा महिला सशक्तीकरण समुह गठन गरि उनिहरुको क्षमता अभिवृद्धीसँगै आयआर्जनमा जोडेको छ ।

कार्यक्रमकी सहभागी एंव्म महाकाली महिला सशक्तीकरण समुहकी सदस्य विष्ना गिरीले परियोजनाबाट स्थानीयलाई सहयोग हुदैँ आएकाले त्यसको निरन्तरता दिनुपर्ने बताईन् । उनले परियोजनाले महिला सशक्तीकरणलाई जोड दिदैँ आएकाले परियोजना निरन्तरता दिनुपर्ने बताए । त्यस्तै भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले महाकाली संवादको निरन्तरतामा जोड दिए । उनले महाकाली संरक्षणसँगै त्यसको बहु–उपयोगमा जोड दिनुपर्ने बताए ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले ट्रोसा परियोजनामार्फत सञ्चालित महाकाली संवादले नदी तटिय क्षेत्रका स्थानीयको गरिबि निवारण, नागरिक उत्थानका लागि प्लेटफम तयार गरेको बताए । उनले परियोजना फेज आउटको चरणमा रहेको यस निरन्तरता आवश्यक रहेको औल्याए । परियोजना महाकाली नदी क्षेत्रमा पर्ने सुदूरपश्चिमका चार जिल्लामा सञ्चालित छ ।

कार्यक्रममा अक्सफामका राजन सुवेदीले परियोजनाले चार वर्षको अवधिमा गरेका उपलब्धी र सिकाईबारे जानकारी गराएको थिए । त्यस्तै भीमदत्त नगरपालिकाकी उप–प्रमुख शुसिला चन्द सिंहले परियोजनाले उठान गरेका मुद्धालाई नीतिगत रुपमा दिर्घकालिन समाधानका लागि केन्द्र सरकारलाई पहल गर्नुपर्ने बताईन् । साथै उनले परियोजनाको कामलाई अघि बढाउन र त्यसका आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दोधरा चाँदनी नगरपालिकाका नगर प्रमुख वीर बहादुर सुनारले निडस र परियोजनामार्फत नगरपालिकालाई ठुलो सहयोग मिलेको बताए ।

कार्यक्रमको सहजीकरण गरेका रुडुकका निर्देशक डा. कृष्ण कुमार श्रेष्ठले सबै क्षेत्रको सहयोगमा परियोजना अघि बढ्ने बताए । साथै उनले महाकाली नदी तटिय क्षेत्रका समस्या उठानका लागि पत्रकारको महत्वपुर्ण भुमिका रहने उल्लेख गदैँ सहयोगको अपेक्षा समेत गरे ।
निड्स नेपालका परियोजना संयोजक किसन खड्काले महाकाली संवादको प्रभावकारी र निरन्तरताबारे कार्यक्रममा छलफल गरिएको बताए । उनले परियोजनालाई निरन्तरता दिनुपर्नेमा सहभागिको सुझाव रहेको बताए । महाकाली तटीय क्षेत्रमा रहेका नागरिकको परियोजनाले जीवनस्तर सुधार ल्याएकाले त्यसको निरन्तरतामा सरोकारवालाले जोड दिएको हुन् । दातृ निकायले परियोजनालाई अघि बढाउने वा नबढाउने विषयमा आवश्यक निणर्य गर्न बाँकी छ ।