महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर संगठित सदस्य खेमराज पाण्डेयले नेकपा एकिकृत (समाजवादी)ले वडा संयोजक घोषणा गरेको आपत्ति जनाएका छन् । उनले शनिबार प्रेस विज्ञप्तीमार्फत आफु एमालमै रहेको र झुक्याएर समाजवादी पार्टीको वडा संयोजक भनि गरिएको प्रचारप्रति आपत्ति जनाएका हुन् ।

पाण्डेयद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ । ‘केहि दिन अघि समाजवादी नाम गरेको एक समुहले मलाई वडाको योजना बैठक छ भनि बोलाई झुक्याएर वडा नम्बर १८ को संयोजक जनाएको निर्णय सामाजिक सञ्जालमा प्रचार गरेको कार्यप्रति मेरो असन्तुष्टि, आपत्ति रहेको छ ।’ साथै उनले आफु पार्टिको सिद्धान्तर विचारलाई अपनत्व गर्दै नेकपा एमालेमै रहेको पनि विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
एमालेका संगठीत सदस्य रहेका पाण्डेय २०५४ सालको स्थानीय निकायको निर्वाचन सदस्यमा निर्वाचित समेत भएका थिए ।

