महेन्द्रनगर । नेकपा एमाले पोलिटब्युरो सदस्य एंवम् कञ्चनपुर जिल्ला ईन्चार्ज निरु पाललाई गृह जिल्लामा स्वागत गरिएको छ । बुधबार पार्टी कार्यायलमा नेता कार्यकर्ताले नेतृ पाललाई गृह जिल्लामा स्वागत गरेका हुन् ।
स्वागतपछि एमाले नेतृ पालले महाधिवेनले एमालले जनताको पृर्य पार्टि भएको प्रमाणित भएको र जनविश्वासलाई कायम राख्दै जनसेवामा खटिन नेता कार्यकर्तालाई आग्रह गरिन् ।

उनले अधिवेशनमा सबैलाई समेटन नसके पनि विभिन्न कमिटिमा सबै नेताहरुको व्यवस्थापन हुने समेत विश्वास दिलाईन् उनले महाधिवेशनपछि पार्टीमा कुनै गुट नरहेको बताउँदै गुटगत राजनीति सकिएको र सबै नेकपा एमाले मात्रै रहेको दावि गरिन् ।

महाधिवेशन पछि गृह जिल्ला आएकी पालले एमाले पार्टी कार्यालय आयोजित स्वागत तथा बधाई कार्यक्रममा बोल्दैँ नेतृ पालले भनिन् ‘यो पार्टीमा अब कुनै गुट हुदैन, एमाले पार्टी गुट मात्रै हुन्छ ।’ एमालेको १० औँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित पाललाई पार्टीको दोश्रो बैठकबाट पोलिट्ब्युरो सदस्य संङ्गै पुनः कंचनपुर जिल्लाको इन्चार्जको समेत जिम्मेवारी पाएकी हुन् ।

उनले आफुले पाएको जिम्मेवारीलाई इमानदारीपुर्वक पालना गर्ने बताइन् । पार्टीले विश्वास गरेर जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै भनिन् ‘कुनै पनि कार्यकर्ताको विश्वास र भरोसालाई डगमगाउन दिने छैन ।’
१० औं महाधिवेशनमा जनताको सहभागिताले जनताको समस्या समाधान गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको संन्देश दिएको समेत उनले बताईन ।
जनताको पिरमर्का बुझ्ने पार्टी भएकोले महाधिवेशनमा लाखौ जनता सहभागी भएको धारणा राख्दै आगामी दिनमा थप उत्साह र उर्जाका साथ जनताको सेवा गर्ने उनले बताइन् । आगामी दिनमा पार्टी र संङ्गठनलाई थप मजबुत बनाउन टोल टोल र घर घरमा एमाले अभियान चलाईने बताईन । कार्यक्रममा पार्टी सचिब सुरेन्द्र बिष्ट, उप सचिव रण बहादुर महरा लगायत विभिन्न कमिटीका पदाधिकारीहरु सहभागी थिए ।

