छोटो समयमै उचाई चुम्दैँः मेगा बचत तथा ऋण सहकारी

महेन्द्रनगर । कञ्चनपुरमा जिल्लाकै अब्बल सहकारी मध्येमा पर्छ, मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड । स्थापना भएको छोटो समय भएपनि मेगा सकोस सफलताको उचाई भने चुलिदैँछ । २०७१ सालमा २५ जना शेयर सदस्यबाट सुरु भएको मेगा सकोसको सात वर्षे यात्रामा १२ हजार शेयर सदस्य जोडिएका छन् । भने ५२ हजार पुजीबाट कारोबार सुरु गरेको यस सहकारीले हालसम्मको कारोबार ८२ करोड रहेको छ ।

पाँच करोड चुक्ता पुजी रहेको मेगा बचत तथा ऋण सहकारीले ६५ करोड कर्जा प्रवाह गरेको छ । संस्थाको कुलश नेतृत्व शैलीले नै सहकारी छोटो समयमै उचाई हासिल गर्न सफल भएको हो । सहकारीको स्थापनाकाल देखि नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् सुनिल कुमार सेठी । फिल्ड कर्मचारीबाट नै काम सुरु गरेका सेठीसँग सहकारी सञ्चालनबारे राम्रो अनुभव छ । २०६७ सालमा काठमाडौमा अध्ययनकै क्रममा उनि सहकारी क्षेत्रमा प्रवेश गरेका हुन् । उनले काठमाडौको स्थानीय सहकारीमा कलेक्सनको काम गरे ।

प्रमुख कार्यकारी सुनिल कुमार सेठी

अध्ययनपछि उनि धनगढीस्थित संगम सहकारीको कर्जा शाखाको जिम्मेवारीमा रहेर काम गरे । भने २०७१ सालमा महेन्द्रनगरमा मेगा सकोस खुल्दाँ त्यसको प्रमुख जिम्मेवारी सेठीले पाए । सहकारीबारे फिल्डस्तरबाटै अनुभव लिएकाले कार्यसम्पादनमा सहज भएको सिईओ सेठीको भनाई छ ।
उनले सानादेखि ठुला व्यवसायी सहकारीमा आएको छ । हालसम्म सहकारीबाट दुई हजार दुई सय जनाले कर्जा सेवा लिईसकेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण व्यवसाय बन्द भएको तथा आय श्रोत गुमाएका कर्जाधनीलाई सहकारीले सौहुलियत सहित किस्ता र ब्याजमा १० प्रतिशत छुट समेत गरेको छ ।

संस्थाले शेयर सदस्यलाई १८ प्रतिशत लाभाशं वितरण गरेको छ भने संस्थाका विभिन्न जगेडा कोषलाई पनि बलियो बनाएको छ । सात सदस्यीय बोर्ड र तिन सदस्यीय लेखा समितिबाट सञ्चालित मेघा बचत तथा ऋण सहकारी १६ वटा कार्यविधिबाट निर्देशित भएर काम गरिरहेको छ । सहकारी बोर्डको सबल नेतृत्व र निर्देशनले सहकारीले छोटो समयमा उपलब्धी हासिल गर्ने सफल भएको सिईओ सेठीको भनाई छ ।


चार वर्षे रणनीति मेगा बचत तथा ऋण सहकारीले चार वर्ष रणनीति योजनाका साथ काम गरिरहेको जनाएको छ । संस्थाका सिईओ सेठीले चार वर्षे व्यवसायिक रणनीतिक योजनासहित सहकारीले काम गरिहेको बताए । उनका अनुसार चारवर्ष भित्रमा २२ वटा सेवा केन्द्र सञ्चालन गरि एक सय ५० जनालाई रोजगारी दिने लक्ष्य रहेको छ ।
भने सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि सेवा विस्तार गर्ने योजना छ । त्यस्तै सहकारीले जग्गा खरिद गरिसकेकाले आफ्नै भवन निर्माण गरि सेवालाई अझै प्रभावकारी र प्रविधिमैत्री बनाउने सहकारीले अठोट लिएको छ ।
सामाजिक कार्यमा जोड

सहकारीले व्यवसायिक कारोबारसँगसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय सहभागिता जनाउदैँ आएको छ । संस्थाको वार्षिकोत्सवलगायत अन्य विपद्को समय समस्यामा परेकालाई सहयोग गदैँ आएको छ । विश्वव्यापी महामारी कोरोना भाईरस संक्रमणको पहिलो चरणमा मेगा सकोसले जिल्लाका विभिन्न पालिकास्थित वडामा खाद्यन्न वितरण गरेको थियो भने स्थानीय तहलाई २५\२५ हजार नगद सहयोग गरेको थियो । त्यस्तै दोस्रो चरणको कोरोना भाईरसको सक्रमणमा महाकाली अस्पताललाई अक्सीजन सिलिण्डर खरिदका लागि एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो । सहकारीले स्थापना दिवसको अवसरमा वृद्ध सेवा केन्द्र, अनाथालयमा खाद्यान्न, लुगाकपडासँगै शैक्षिक सामाग्री पनि सहयोग गरेको सिईओ सेठीले बताए ।

त्यस्तै सहकारीले आर्थिक क्षेत्रको विकासका लागि स्थानीयलाई सहकारीमा जोड्न घरदैलो कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । सहकारी क्षेत्रमा एक दशक बढी अनुभव बटुलि सकेका सिईओ सेठी सहकारी संस्थामाथि सरकारको नियमन र दक्ष कर्मचारी अभाव नै सहकारीको प्रमुख समस्याको रुपमा रहेको बताउछन् । त्यस्तै सहकारीले बजारीकरण र अस्वस्थ्य प्रतिस्पर्धा पनि समस्या पनि झेली रहेका छन् । उनले सरकारले सहकारी दर्तामा नियमन नगर्दा संस्था खुल्ने र मनमर्जी तरिकाकाले सञ्चालन हभईरहेको बताए ।


‘सहकारी क्षेत्रमा दक्ष कर्मचारी अभावसँगै कर्मचारी पलायनको पनि समस्या देखिन्छ ।’ उनले भने ‘सहकारी दर्ता तथा सञ्चालन उल्लेख्य मात्रामा भएपनि तिनको उपस्थिती ग्रामिण क्षेत्रमा पुग्नको छैन् ।’ साथै सहकारी क्षेत्रको विकासका लागि सरकारको नियमित नियमन र संख्यात्मक भन्दा पनि गुणात्मकतातर्फ ध्यान दिनुपर्ने सिईओ सेठीको सुझाव छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्