महेन्द्रनगर । बेलडाँडीबाट नेकपा एमाले कञ्चनपुरकाे जिल्ला सदस्यमा युवा नेता कृष्ण कुमार राेकायाले उम्मेदवारी दिएका छन् ।
नेकपा एमाले कञ्चनपुरको आठौं अधिवेशनका लागि बेलडाँडी गाउँपालिका वडा नं. ५ वडाबाट प्रतिनिधी छनौट भएका उनले जिल्ला सदस्यमा भगाेलतर्फबाट उम्मेदवारी दिएका हुन्। उनी राजनीतिसँग सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन ।
युवाहरुमा सु–संस्कृत राजनीतिको विकास, उद्यमशिलता र सेवामुखी राजनीतिका लागि आफुले उम्मेदवारी दिएको नेता राेकायाकाे भनाई छ । सोमबार निर्वाचन हुने भनिए पनि निर्वाचन प्रक्रिया लम्बिने भएको छ ।
सहमतीमा नेतृत्व चयन असफल भएपछि वर्तमान अध्यक्ष विर बहादुर थापा र पार्टी सविच सुरेन्द्र विष्टबिच अध्यक्ष पदका लागि चुनावि प्रतिस्पर्धा हुने देखिएको छ ।

