यो क्षेत्रको विकासका लागि उठाएको एजेण्डा सफल भयोः सांसद भट्ट
महेन्द्रनगर । लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थलको स्तरोन्नतिको काम सुरु भएको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले एक कार्यक्रमबिच विमानस्थल स्तरोन्नतीको शिलान्यास गरेका हुन् ।
स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साँझेदारीमा विमानस्थल स्तरोन्नती गरिन लागेको हो । जस अन्तरगत विमान स्थल स्तरोन्नतिमा खर्च हुने कुल लागनको भीमदत्त नगरपालिकाले १५, दोधारा चाँदनी नगरपालिकाले १०, सुदूरपश्चिम प्रदेश सरकारले २५ र संघीय सरकारले ५० प्रतिशत व्यहोर्ने छन् ।

विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाखमा कान्छाराम क्नसट्रकसन कम्पनीसंग तीन वर्षभित्र काम सक्ने गरि ठेक्का सम्झौता भएको हो । विमानस्थलको रन वे, पार्किङ र ट्याक्सी वे निर्माण हुनेछ । यो काम संग संगै टर्मिनल भवन, सुरक्षा भवन र क्नट्रल टावर लगायत अन्य संरचनाहरुको निर्माण पनि सुरु गरिने नागरिक उड्डय प्राधिकरणका इन्जिनियरिंग विभाग प्रमुख मुरारी भण्डारीले बताए ।
तीनै तहका सरकारको साँझेदारीमा निर्माण हुन लागेको यो यस क्षेत्रकै पहिलो आयोजना हो । सम्झौता अनुसार भीमदत्त नगरपलिकाले साढे ३ करोड, दोधारा चाँदनीले ६२ लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख नागरिक प्राधिकरणलाई पठाइसकेको छ । नागरिक उड्डयन प्रधिकरणले पनि वजेट छुट्याएर काम अगाडी बढेको हो ।
अहिले विमानस्थलको रन वे १५ सय २५ मिटर कालोपत्रे गरिनेछ । लम्बाइ थप गर्नका लागि आवश्यकजमिन पनि अधिग्रहण गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले बताए । उनले मझगाउँ विमान स्थललाई क्रमिक रुपमा २२ सय मिटर लम्बाइको बनाइने पहुँच मार्ग समेत चार लेनको बनाउने लक्ष्य रहेको बताए । उनले शुक्लफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको विमानस्थल सुचारु भएपछि यस क्षेत्रमा पर्यटकको आवागमन पनि बढने बताए ।
२०३० सालदेखि सञ्चालनमा आएको विमानस्थल २०५६ देखि सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउदै बन्द गरिएको थियो ।

बन्द भएको २२ वर्षदेखि पुनः सञ्चालनका लागि स्त्रोन्नतिको काम सुरु भएको हो । यसका लागि स्थानीय नागरिक देखि जनप्रतिनिधि र राजनीतिक दलहरुले लामो समयदेखि माग गरिरहेका थिए । पछिल्लो पटक स्थानी तह देखि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा विमानस्थल सञ्चालनको मुद्दा प्रमुख एजेण्डा बनेको थियो । त्यहि अनुसार नगरपालिकाका प्रमुख र सांसदहरुले निरन्तर पहल गरिरहेका थिए । यसअघिका चुनावमा पनि विमानस्थल सुचारु गर्ने प्रतिबद्धता हुने गरेका थिए । तर ति प्रतिबद्धताको कार्यान्वयन भने हुने गरेको थिएन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ का सासद डा. दिपक प्रकास भट्टले आफुहरुले यस क्षेत्रको विकासका लागि उठाएको उठाएको एजेण्डा सफल भएको बताए ।

उनले संघियताको मर्म बमोजिम मझगाउँ विमानस्थल स ञ्चालनका लागि तीन तहको सरकारबिच भएको महत्वुपर्ण साझेदारीले झौतिक संरचना निर्माण अघि बढेको बताए । साथै उनले दोधराचाँदनीमा सुख्खा बन्दरगाह, एकिकृत जाँच चौकी र महाकाली करिडोर निर्माणको काम अघि बढेकाले यसले स्थानीय अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान रहने बताए ।
त्यस्तै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले साझेदारी विकासको मोडेलको रुपमा विमानस्थल पुनः सञ्चालन आयोजना अघि बढेको बताए । ‘मझगाँउ विमानस्थल पुनः सञ्चालन गर्ने हामीले प्रतिवद्धता गरेका थियौँ ।’ कार्याक्रममा बोल्दैँ नगर प्रमुख विष्टले भने ‘विमानस्थल सञ्चालनका लागि दुई चरणमा काम अघि बढ्यो, सम्भाव्यता अध्ययननपछि विमानस्थल सञ्चालनका गर्न आवश्यक साझेदारी गरि स्थानीय सरकार भीमदत्त नगरपालिकाकोतर्फबाट साढे तीन करोड रुपयाँ प्राधिकरणको खातामा जम्मा गरेका छौँ ।’ साथै उनले विमानस्थलका लागि आवश्यक जग्जा अधिग्रहण र राष्ट्रिय निकुञ्जसँग समन्वय गर्नेपर्ने र त्यसका लागि आफु सहजीकरण तथा आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
यसरी भएको थियो सम्झौता
मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीको अध्ययन गरिएको थियो । अध्ययन कार्यदलले विकास सञ्चालन गर्न सकिने सुझाव दिएपछि त्यसको कार्यान्वय चरण अघि बढेको हो । तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा संघिय सांसद डा. दिपक प्रकास भट्ट, निरु देवी पाल लगायको पहलमा तीनै तहले साझेदारी गरि आयोजना निर्माण अघि बढाउने सम्झौता भएको थियो ।

नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिका बिच विमानस्थल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पत्रमा नागरिक उड्डयन प्राधिकरणकोतर्फबाट महानिर्देक राजन पोखरेल, सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट सचिव यज्ञनाथ दहाल, भीमदत्त नगरपालिकाकोतर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्ट र महाकाली नगरपालिकाकोतर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले हस्ताक्षर गरेका थिए ।

सम्झौता हस्ताक्षर कार्यक्रममा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, प्रतिनिधि सभा सदस्य निरु देवी पाल, नर बहादुर धामी, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकास रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, दोधराचाँदनी नगरपालिकाका प्रतिनिधि ज्ञानेन्द्र बहेक लगायको सहभागिता रहेको थियो ।