स्वास्थ्य संस्थामा औषधि र कोभिडजन्य उपकरणको अनलाईन अभिलेखन राखिने


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा औषधि तथा सामाग्रीको विद्युतीय अभिलेखन गरिने भएको छ । स्वास्थ्य संस्थाहरुमा औषधि तथा सामग्रीहरुको अभिलेखन (इएलएमआइस) प्रणालीमार्फत अनलाईन अभिलेखिन गरिन लागेको हो । त्यसका लागि स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण गरिन थालिएको छ ।
अनलाईन प्रणालीबारे कञ्चनपुरको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ । स्वास्थ्य संस्थामा औषधि उपकरणसँगै बढ्दै गईरहेको कोरोना महाकारी नियन्त्रणका लागि आवश्यक सामाग्रीको अनलाईन रिकर्ड राखिने छ । पौष २७ गतेबाट सुरु भएको तालिम बिहिबार समापन भएको थियो । युएसएआईडी ग्लोबल हेल्थ चेन सप्लाई कार्यक्रमको आर्थिक सहयोगर्मा इएलएमआइस प्रणाली विकास गरि त्यसको सञ्चालनका लागि स्वास्थ्यकर्मीहरुलाई जानकारी दिने काम भईरहेको हो ।
स्वास्थ्य संस्था, पालिका, जिल्ला र प्रदेशमा माथिल्लो निकायले मातहतको स्वास्थ्य संस्थामा मौज्दातको अवस्था, म्याद गुज्रेको औषधि, भण्डार व्यवस्थापन र विद्युतीय शासनलाई टेवा पुग्ने बताइएको छ ।
विद्युतीय अभिलेखनका माध्यमबाट सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि तथा उपकरणको अभिलेख महालेखा परीक्षकले गरेको जिन्सी व्यवस्थापन सम्बन्धी फाराम अनुसार गरिने र त्यसको अनुगमन तथा निगरानी मन्त्रालय, निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र पालिकाले गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली स्रोत व्यक्ति धर्मानन्द गिरीले बताए । उनका अनुसार हरेक स्वास्थ्य संस्थामा औषधि उपकरण, कोभिडजन्य उपकरणको अवस्थाबारे जानकारी लिन र त्यसका लागि आवश्यक व्यवस्थापन गर्न आनलाईन प्रणालि सुरु गरिन लागिएको हो ।
जिन्सी व्वस्थापनलाई प्रभावकारी र पारदर्शी बनाउन, समग्र स्वास्थ्य सूचना प्रणालीमा सुधार तथा तथ्यमा आधारित स्वास्थ्य योजना निर्माणमा सहयोग पुग्ने उनका भनाई छ । अनलाईनस सफ्वेयरमार्फत हरेक संस्थाले जिन्सी विवरण अपडेट गर्नुपर्ने छ ।
विद्युतीय अभिलेखन सुरु भएपछि स्वास्थ्य संस्थाहरुमा औषधि उपकरणसहित स्वास्थ्य जनशक्तिको व्यवस्थापन गर्न समेत सहज हुने विश्वास गरिएको छ। औषधिको भण्डारण र प्रयोग तथा माग र आपूर्तिमा सन्तुलन हुँदा सहज स्वास्थ्य सेवा प्रवाह हुने विश्वास स्वास्थ्य अधिकारीले गरेका छन्।
प्रदेशका ८८ वटा स्थानीय तहसम्म लागू भएको जिन्सी व्यवस्थापनलाई विद्युतीय प्रणालीमार्फत व्यवस्थित गर्न प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वय तथा सहजीकरण, कैलाली र कञ्चनपुर जिल्ला स्वास्थ्य कार्यालयको सहभागिता र युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा अभिलेखन गर्न स्वास्थ्य सेवाका कर्मचारीलाई तीन दिने तालिमसमेत दिइएको छ । नेपालमै पहिलोपटक सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा औषधि तथा उपकरणहरूको विद्युतीय अभिलेखन गरिने भएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्