नेकपा एमाले कञ्चनपुरद्वारा जिम्मेवारी बाडफाँड

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आज बसेको बैठकले जिम्मेवारी बाडफाँठ गरेको छ । भर्चुअल माध्यमबाट आज(मंगलबार) बसेको जिल्ला कमिटीको दोस्रो बैठकले पदाधिकारीको जिम्मेवारी बाडफाँड गरेको हो ।
बैठकले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा उपसचिव फैरु तामाङ, निर्वाचन क्षेत्र नं. २ मा उपाध्यक्ष लक्ष्मि बुढा र निर्वाचन क्षेत्र नं. ३ मा उपसचिव कर्णबहादुर चन्दलाई निर्वाचन क्षेत्र समुन्वय समिति संयोजकको जिम्मेवारी दिएको छ ।
उनीहरुको अगामी निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार चयनलगायतका विषयमा महत्वपूर्ण भूमिका रहन्छ । बैठकले पार्टी अध्यक्ष सुरेन्द्र विष्टले स्कुलिङ विभाग प्रमुख आफैसँग राखेर विधानतः सचिव पल्बराज भट्ट संगठन विभाग प्रमुख तोकेका छन् ।
साथै जिल्ला कमिटीमा निर्वाचित १ सय २० जनामध्ये अधिकांसको जिम्मेवारी तोकिएको छ । यसबारे भोली(बुधबार) मात्रै जानकारी गराइने एमाले कञ्चनपुरले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्