महेन्द्रनगर । तत्कालिन केपी ओली नेतृत्वको सरकार लामो समय देखि रहेको भुमीहिन सुकुम्बासी तथा भुमिहिन दलितको समस्या समाधानका लागि देवि ज्ञवालीको अध्यक्षतामा राष्ट्रिय भुमी आयोग गठन गरेको थियो । सुकुम्बासी तथा भुमिहिनको समस्या समाधानका लागि काम गरिरहेको अवस्थामा परिर्वतित शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आयोग विघटन ग¥यो ।
सरकार परिर्वतनसँगै विघटन भएको पुनः गठित आयोगले अघिल्लो आयोगले गरेका कामलाई भने निरन्तरता दिने भएको छ । आयोगले अघिल्ला आयोगहरुले गरेको कामलाई टेकेर त्यसको पुनरावलोकनसँगै थप कार्य अघि बढाउन लागेको हो ।
कञ्चनपुरमा देवेन्द्र ढुङ्गानाको नेतृत्वमा आयोगको जिल्ला समिति गठन भएको करिब एक महिनापछि मंगलबार समितिको कार्यालय औपचारिक रुपमा उद्धघाटन गरिएको छ । यद्यपी आयोगले दुई जना सदस्यलाई समितिमा मनोनयन गर्न बाँकी छ ।

उद्धघाटन कार्यक्रममा बोल्दैँ कञ्चनपुर अध्यक्ष ढुङ्गानाले अघिल्लो आयोगले गरेको कामलाई निरन्तरता दिने धारणा राखे । उनले आफुले जिम्मेवारी पाएको करिब एक महिना कार्यालय व्यवस्थापनमा खर्चिएको बताउँदै ‘निवेदन सकंलन भई स्थानीय तहले निस्सा वितरण गरेको ठाउँमा जग्गा रेखाकंन सुरु गछौँ, पहिलो चरणमा आयोगसँग सम्झौता भएका चार स्थानीय तहमा काम चाँडै सुरु हुन्छ ।’ उनले भने ।
साथै अघिल्लो आयोगले संकलन गरेका आवेदन रुजु गर्ने, छुटेका आवेदन पुनः संकलन गर्ने कार्य पनि सँगसँगै अघि बढा्ईने उनको भनाई छ । ‘जिल्लाका चार स्थानीय तहमा काम चाँडै सुरु हुन्छ ।’ उनले भने । ‘साथै अघिल्लो आयोगले संकलन गरेका आवेदन भेरिफाई गर्ने, छुटेका आवेदन पुनः संकलन गर्ने कार्य पनि सँगसँगै अघि बढ्छ, अहिले प्राविधिक जनशक्ती अभावका कारण आयोगको काम प्रभावित बनेको छ ।’
उनले आयोगले स्थानीय तहसँगको सहकार्यमा काम गर्ने बताउँदै सबैतिरबाट सहयोगको अपेक्षा समेत गरे । छिट्टै जिल्लाका सुकुम्बासी, भुमीहिनको पहिचान गरि पुर्जा वितरण गरिने उनका दावि छ ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिदैँ नेकपा एमाले भीमदत्तका नगर कमिटि अध्यक्ष हिमाल बहादुर चन्दले अघिल्लो आयोगले सुकुम्बासी तथा भुमिहिनको समस्या समाधानका लागि अघिकाशं कामहरु सम्पन्न गरिसकेको बताए । उनले अघिल्लो आयोगले तिव्र गतिमा काम गरिरहेको अवस्थामा विघटन गरिदाँ जनतालाई जमिनको मालिक बनाउने कार्यमा ढिलाई भएको बताए । भीमदत्त नगरपालिकाका नगर प्रवत्ता समेत रहेका चन्दले भीमदत्त नगरपालिका–१६ नक्साकङ्न कार्य समेत सम्पन्न भएको बताउँदै ‘गठबन्धन सरकारले राजनीतिक नियुक्तीलाई मात्रै परिर्वतन गरेर कर्मचारीतन्त्रलाई निरन्तर काम गर्न दिएको भए अहिले जनतालाई पुर्जा वितरण भईसकेको हुन्थ्यो, आयोग नै खारेज गरि कर्मचारीतन्तलाई काम गर्न नदिदाँ यसमा ढिलाई भएको छ ।’
साथै उनले तत्काल सुकुम्बासी तथा भुमिहिनको समस्या समाधानका लागि वास्तविक भुमीहिन, सुकुम्बासीको परिचान गरि पुर्जा वितरण कार्य अघि बढाउनुपर्ने बताए । प्रचारप्रसार भन्दा पनि पुर्जा वितरणका क्रममा सार्वजनिक जग्गा संरक्षणमा पनि विशेष ध्यान समेत उनले आयोगलाई आग्रह गरे ।
त्यस्तै नेपाली कांग्रेसका नेता भीमराज भट्ट र नेकपा एसका नेता रविन्द्र कुवँरले जिल्लामा लामो समयदेखि सुकुम्बासी तथा भुमिहिनको समस्या रहेको उल्लेख गदैँ त्यसको सिघ्र समाधान हुनुपर्नेमा जोड दिए । साथै उनिहरुले राजनीतिक दलका तर्फबाट आवश्यक सहयोगका लागि प्रतिवद्धता समेत जनाए ।
त्यस्तै कञ्चनपुरका सहायक जिल्ला अधिकारी अशोक भण्डारीले पनि विगतका आयोगहरुले गरेका कामहरुलाई पुर्णता दिदैँ सुकुम्बासी तथा भुमिहिनको समस्या समाधान हुनुपर्नेमा जोड दिए । कमला बोहरा नेतृत्वको अघिल्लो समितिले सुकुम्बासी तथा भुमिहिनबाट निवेदन संकलन, रुजु तथा कम्प्युटर ईन्ट्रीसँगै केही स्थानमा रेखाङ्नको काम समेत सुरु गरेको थियो ।