भीमदत्त नगरपालिकामा सुदृढ परियोजना सञ्चालन हुदैँ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा विपद्को प्रभावलाई न्युनिकरण गरि जलवायु उत्थानशिल समुदायको निर्माणका लागि सुदृढ परियोजना सञ्चालन हुने भएको छ । नेपाल, राष्ट्रिय समाज कल्याण संघ (एन.एन.एस.डब्लुए) र डिसिए नेपालसँगको साझेदारी तथा भीमदत्त नगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भईरहेको हो । एन.एन.एस.डब्लुएले बिहिबार परियोजना परिचयात्मक कार्यक्रम आयोजना गरि सुदृढ परियोजनाबारे जानकारी दिएको छ ।
कार्यक्रममा एन.एन.एस.डब्लुएका प्रमुख कार्यकारी निर्देशक अशाेक विक्रम जैरुले जनवरी २०२२ देखि सुरु हुने गरि परियोजना कञ्चनपुरको भीमदत्त नगरपालिका, दाेधरा चाँदनी र डडेल्धुराको परशुराम नगरपालिकामा सञ्चालन भईरहेको बताए ।
उनले जलवायु जन्य प्रकोपको उच्च जोखिममा रहेको समुदायको सुदृढीकरण गरि प्रकोपको जिखिमबाट समुदायको जिविकिोपार्जन सुरक्षीत गर्नमा सहयोग गर्ने लगायतको उद्देश्यसहित पाँच वर्षे परियोजना सञ्चालन भईरहेको बताए ।
परियोजननाले नेपाल सरकारका राष्ट्रिय नीति तथा ढाँचा अनुरुप जलवायुजन्य जोखिमको न्युनिरकण तथा व्यवस्थापनको लागि पालिकाहरुको क्षतता अभिवृद्धिका सहयोग पुग्ने, महिला, युवा तथा साना किसानको जिविका उत्थानशिल हुने, विपद् जोखिम न्युनिकरण सम्बन्धि सिकाईहरु आदाप्रदान भई संयन्त्र निर्माण हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाको विपद जोखिम न्यूनीकरण व्यवस्थापनमा विद्यमान अवस्थाको विश्लेषण गर्ने, बहुप्रकोपको जोखिम तथा खुल्ला स्थानहरुको नक्सांकन गर्नुका साथै दिगो तथा जलवायु उत्थानशिल कृषि प्रवर्धनमा सहयोग तथा पालिकाहरुसँग सहकार्य गरी कार्य गर्नेछ ।

यसका साथै जलवायु परिवर्तन अनुकुलन, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलनलाई मुलप्रवाहीकरण गर्न आवश्यक नीति तथा योजना निर्माण र अध्यावधिक गर्ने, विपद पूर्वानुमानमा आधारित पुर्व सूचना प्रणालीमा सुधार ल्याउने तथा सबैको पहुँच सुनिश्चित गर्ने, स्थानीय युवा तथा महिलाहरुको क्षमता अभिवृद्धि गरि व्यवसाय प्रवर्धन तथा विपद जोखिम न्यूनीकरणमा सहजता ल्याउने, स्थानीय समुदाय तथा पालिकाहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने र विपद जोखिम न्यूनीकरणका लागी कृतिम नमुना घटना अभ्यास तथा सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन हुनेछन् ।
समातामुलक विकार र उत्थानशिल पालिका निर्माणका लागि परियोजनाले महत्वपुर्ण भुमिका खेल्ने प्रमुख कार्यकारी निर्देशक जैरुको भनाई छ ।

साथै एन.एन.एस.डब्लुएको पहलमा विगतमा गरिएका विपद् व्यवस्थापन, जलवायु जन्यु जोखिम न्युनिकरणमा भएका उपलब्धीलाई पनि यस परियोजनाले टेवा पु¥याउने उनको विश्वास छ । त्यस्तै उनले परियोजनालाई सफल बनाउन सबै क्षेत्रको सहयोगको अपेक्षा समेत गरे । त्यस्तै कार्यक्रममा बोल्दैँ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरको आवश्यकता अनुसार परियोजना सञ्चालन भएको उल्लेख गदैँ विपद् व्यवस्थापन, जलवायु जन्य जोखिम न्युनिकरणमा परियोजनाले सहयोग गर्ने बताए । नगरपालिकाले विपद् व्यवस्थापन ऐन संसोधनसहित पारित गरेको र गैर–सरकारी क्षेत्रलाई व्यवस्थीत बनाउने काम भएको उनको भनाई छ । भीमदत्तले नगरको समग्र विकास र समृद्धीका लागि विकासमा साझेदारी र सहकार्यको नीति लिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्