महेन्द्रनगर । नेकपा एमाले निकट मानव अधिकारकर्मी तथा गैर सरकारी संस्थाहरुको साझा मञ्च मानव अधिकार एलायन्स कञ्चनपुरको अध्यक्षमा कोमल निरञ्जन भाट चयन भएका छन् । शनिबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्ष भाटको नेतृत्व नौ सदस्यीय कमिटि चयन गरिएको हो ।

एलायन्सको उपाध्यक्षमा दिलिप धामी, सचिवमा अमिर तिरुवा, सह सचिवमा गोमती अवस्थी, तारा थापा धामी र सदस्यहरुमा लिलि कुवँर, भवानी चन्द, गंगा पाण्डेय, दिपक बोहरा चयन भएका छन् । १५ वर्षदेखि मानव अधिकारको क्षेत्रमा सक्रिय रहेका नव निर्वाचित अध्यक्ष भाटले संस्था र अधिकारकर्मीको हकहितका लागि काम गर्ने बताए । यस अघि एलायन्सको जिम्मेवारी धर्मानन्द भट्टले समालेका थिए ।
