शुक्लाफाँटामा पर्यटन प्रवद्र्धनका लागि महोत्सव

महेन्द्रनगर ९ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकाले शुक्फाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरेको हो । नगरपालिकाले वर्षेनी मनाउँदै आएको शुक्लाफाँटा पर्यटन महोत्सव सोमबारबाट सुरु भएको छ । निकुञ्ज कार्यालय परिसरमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले महोत्सवको उद्घाटन गरे ।
उनले शुक्लाफाँटा निकुञ्ज सहितका पर्यटकिय गन्तव्यको वृद्धि विकासका लागि महोत्सव महत्वपूर्ण हुने बताए ।

जिसस प्रमुख तामाङ्गले पर्यटनका माध्यमबाट यस क्षेत्रको आर्थिक, सामाजिक साँस्कृतिक विषयलाई अघि बढाउनुपर्नेमा जोडदिए । भीमदत्तका नगर प्रमुख सुुरेन्द्र विष्टले आन्तरिक पर्या–पर्यटन प्रद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । शुक्लाफाँटा खुला विद्यालयको रुपमा रहेकाले यसको अन्तराष्ट्रिय स्तरसम्ममा प्रचारप्रसार आवश्यक रहेको उनको भनाई छ । साथै नगरपालिकाले निकुञ्ज किनारमा पर्यटन मार्ग निर्माण गरेको र वन्यजन्तुबाट बस्ती जोगाउन मेस वायर समेत राखिएको बताए ।

महोत्सवको उद्घाटनका दिन निकुञ्जको परिचय सहित विवित साँस्कृतिक कार्यक्रम गरिएको छ । दोस्रो दिन रेडियो, एफ.एम मार्फत शुक्लाफाँटा संवाद, निकुञ्जको प्रचारप्रसार, तेस्रो दिन पर्यटकिय क्षेत्रमा सरसफाई तथा बाह्रसिङ्गा ब्राण्डिङ्ग कार्यक्रम, चौथोदिन पर्यटनबारे नागरिक सुुझाव संकलन, पर्यटन क्षेत्रका भिडियो क्लिप तयार गर्ने, पाँचौँ दिन महेन्द्रनगर स्मारकमा पर्यटकिय पर्वद्धनबारे फोटो प्रर्दशनी, चित्रकला प्रतियोगिता, छैठौँ दिन शुक्लाफाँटा सहित नगरको पर्यटन विकासबारे साहित्यिक बहस र अन्तिम सातौँ दिन होमेष्टेमा पर्यटनबारे छलफल गरेर समापन गरिने छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले पर्यटन महोत्सवका माध्यमबाट निकुञ्जभित्र प्रवेस शुल्क घटाउनुपर्ने सुझाव दिए । होटल व्यवसायी संघका अध्यक्ष जगदिशचन्द्र भट्टले आर्थिक समृद्धीका लागि पर्यटन महत्वपूर्ण भएकाले त्यसतर्फ महोत्सव केन्द्रीत गर्नुपर्ने बताए । पर्यटन व्यवसायी समेत रहेका पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति सदस्य प्रमानन्द भण्डारीले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको समेत भूमिका हुने भएकाले सहकार्यको माध्यमबाट अघि बढ्नुपर्नेमा जोडदिए । उद्घाटन कार्यक्रममा सुदूरपश्चिमको लोक छलिया, गौरा, भुवा र थारु नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेकपा एमाले पोलिट्ब्यूरो सदस्य राजेन्द्र सिह रावलले शुक्लाफाँटाको ईतिहाससहित यसको पवद्र्धनका लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाली कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले पनि पर्यटनबाट आर्थिक समृद्धिको सम्भावना रहेकोले त्यसको चौतर्फी विकासमा जोड दिए । पर्यटन महोत्सव फागुन १५ गते समापन हुनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्