निड्स नेपालद्धारा बाढी प्रभावितलाई पोषण तथा डिग्निटी किट सहयोग

महेन्द्रनगर । कञ्चनपुरको निड्स नेपालले बाढी बाढी प्रभावित परिवारलाई निरन्तर सहयोग कार्य जारी राखेको छ । सोही अन्र्तगत भीमदत्त नगरपालिका– १३ सोनापुरस्थित बाढी प्रभावित परिवारलाई पोषण सामाग्री र डिग्निटी किट वितरण गरिएको छ । सोमबार एक कार्यक्रमका बिच निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टलेसहितको टोलीले सोनापुर टोलका एक सय १४ जनालाई डिग्निटी किट र पोषण सेट हस्तान्तरण गरेको हो ।


निड्स र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित बाढी प्रतिकार्य परियोजनामार्फत उक्त सामाग्री वितरण गरिएको परियोजना संयोजक नविनचन्द्र भट्टले बताए । उनका अनुसार पोषण सेटमा एक÷एक के.जी. चना, भटमास, सेतो सीमी, घिउँ र एक क्यारेट अण्डा रहेको छ ।
त्यस्तै डिग्निटी किटमा साबुन, दन्त मझन, ब्रुस, स्यानिटरी प्याड, मास्क, स्यानिटाईजर, न्यानो सुईटर, तौलिया लगायको सामाग्री रहेको संयोजक भट्टले बताए । बाढी प्रभावितलाई राहत स्वरुप पोषण र डिग्निटी किट वितरण गरिएको उनको भनाई छ । यस अघि भीमदत्त–९ स्थित खल्ला मसेठ्ठीबाट बाढी प्रभावितलाई पनि उक्त सामाग्री वितरण गरिएको थियो ।

निड्सले परियोजनामार्फत बाढी प्रभावित एकल महिला, विपन्न परिवार, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला सहयोग गदैँ आईरहेको छ । त्यस्तै सोमबार नै शान्ती आधारभुत विद्यालयलाई ५० सेट डिग्निटी हस्तान्तरण गरिएको निड्सका वास अफिसर गणेश् भुलले जानकारी दिए । पोषण तथा डिग्निटी किट वितरण कार्यक्रममा निड्स नेपाकी अध्यक्ष भट्टसहित कार्यसमिति सदस्य दुर्गा मल्ल, ज्योती रसाईली लगायतको सहभागीता रहेको थियो । पोषण तथा डिग्निटी किट पाएपछि स्थानीय हर्षित भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्