महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेले स्थानीय निर्वाचन केन्द्रीय अभियान तिव्रताका साथ अघि बढाएको छ । नगर कमिटिको अगुवायीमा नेकपा एमालेका नेता कार्यकर्ता चुनावी अभियानमा जुटेका हुन् ।
नगर कमिटी अध्यक्ष गणेश ऐरले कृष्णपुरमा चुनाव केन्द्रित अभियान जारी रहेको र पहिलो चरणका कार्य सम्पन्न भएको बताए । उनका अनुसार नेकपा एमाले कुष्णपुर नगर कमिटीले चुनाव तयारीका लागि माघ अन्तिम सातादेखि कार्यक्रम सुरु गरेको थियो । जस अन्र्तगत माघ २६ गते नगर कमिटी बैठकबाट स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी कार्य योजना बनाइएको र सोही अनुसार पालिकाका सबै वडामा पहिलो चरणको कार्यक्रम सकिएको छ ।
‘माघ २६ गते नगर कमिटी बैठक बसेर कार्ययोजना निर्माण गरेका थियौँ, माघ २९ गते वडामा कार्यक्रम सुरु ग¥यौँ ।’ नगर कमिटि अध्यक्ष ऐरले भने ‘सबै वडामा कार्यक्रम सकिएको छ, मंगलबार वडा नं. ६ मा पनि अन्तिम कार्यक्रम सम्पन्न गरेका छौँ ।’

कृष्णपुरको राजघाटमा आयोजना गरिएको नगर कमिटीको पुर्ण बैठकमा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट सहभागी भएका थिए । उनले चुनाव केन्द्रित हुन नेता कार्यकर्ता निर्देशन दिएका थिए । एमालेले पहिलो चरणको कार्यक्रममा सबै वडामा पार्टी कार्यकर्ता भेटघाट, टोल कमिटीलाई सपथ ग्रहण र स्थानीय निर्वाचन केन्द्रित छलफल गरिएका छन् । भने कमिटि बैठकमा छलफल र कार्यक्रम मार्फत स्थानीय तह निर्वाचनमा एमालेलाई पहिलो बनाउने गरी तयारी थाल्न नेता कार्यकर्ता सक्रिय पारिएको अध्यक्ष ऐरको भनाई छ ।
‘नेकपा एमालेले २०७४ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख, उप–प्रमुखसहित तीन वडा अध्यक्ष जितेको थियो ।’ अध्यक्ष ऐरले भने यस पटकको निर्वाचनमा विगतको जितलाई निरन्तरता दिदैँ सबै वडा पनि जित्ने गरि एमालेले तयारी अघि बढाएको छ ।’ स्थानीय तह निर्वाचनमा एमालेलाई बलियो बनाउन वडाका टोल र घरसम्म एमाले पुगाउने अभियान सञ्चालन गरिएको उनले बताए ।

‘स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन टोल टोलमा कमिटीहरुको निर्माण र वडाहरुमा जनसङ्गठनहरुको कमिटी गठनलाई प्राथमिकता दिएका छौ’ उनले भने, ‘पार्टीको नेतृत्वमा सरकार भएको बेलामा भए गरेका विकास निमार्णका कामलाई जनतामाझ सुसूचित गर्ने, सबै विषय जानकारी गराउने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने कार्यमा पनि लागेका छौ ।’
एमाले नेतृत्वको स्थानीय तहको सरकार र एमाले अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गरिएका कामलाई लिएर एमाले जनतासम्म पुगेको उनको भनाई छ ।
कृष्णपुरमा ठुलो समस्याको रुपमा रहेको अव्यवस्थित बसोबासी समाधानका लागि ओली नेतृत्वको सरकारको पालामा जग्गाधनी पुर्जा वितरण कार्य सुरु गरिएको बताउँदै ‘कृष्णपुर नगरपालिकाले सुदूरपश्चिममै सबैभन्दा पहिले अव्यवस्थित बसोबासीका लागि भूमि आयोगसित सम्झौता गरिएको थियो, अब चाडैँ भुमीहिनको समस्या समाधान हुन्छ ’ उनले भने ।
एमालेले जनजीविकाका सवाल र स्थानीयका समस्यालाई पनि पार्टीको कार्यक्रममा प्राथमिकता दिएर छलफल अघि बढाएको उनको दावि छ । स्थानीयका समस्या र विकास निर्माणका लागि दबाब मुलक कार्यक्रम अघि बढाउन एमाले सक्रिय देखिएको छ । चुनाव तयारीका लागि वस्तीमा पुगेको एमालेमा अन्य दलका नेता पनि कार्यक्रममा आएका छन् । उनीहरु आ–आफ्ना पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ७ र ९ मा अन्य दलका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
कृष्णपुरमा एमाले विभाजनको सबैभन्दा कम असर परेको र एमाले छाडेर समाजवादी गएका जनप्रतिनिधिलाई समेत एमालेमा फकाईएको उनले बताए ।
कृष्णपुरमा एमालेको केन्द्रिय निर्वाचन आयोग सदस्य गोविन्द कलौनी, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु जयराज पाण्डेय, शेर बहादुर सिंह र बहादुर चौधरी, एमाले कञ्चनपुरका उपाध्यक्ष लक्ष्मी बुढा, एमाले कञ्चनपुरका पूर्व जिल्ला कमिटी सदस्य मोहन रावल, जिल्ला कमिटी सदस्यहरु छत्र बहादुर महरा, राज बहादुर खड्का, लक्ष्मण कार्की, लोकेन्द्र बिष्ट, रमिता राना, दिलसरा खत्री, बिमला थापा बोहरा, तेज बहादुर बि.क निवर्तमान जिल्ला कमिटी सदस्य जयनारायण जोशी लगायत नेताहरु अभियानमा सहभागी भएका छन् ।
एमाले नगर अध्यक्ष ऐरीले पहिलो चरणको कार्यक्रम वडा केन्द्रित भइ संचालन गरिएको र सङ्ग सङ्गै वडाहरुमा भएका भेला मार्फत दोस्रो चरणको कार्यक्रम सुरु भएको बताए । त्यसमा वडामा टोल कमिटी भेला, गठन, पुनः गठन र जन सङ्गठनका वडा कमिटी गठन गरिनेछन् । त्यस लगत्तै जनसङ्गठनका नगर अधिवेशन गरि नगर कमिटी गठन लगायतका कार्यक्रम गर्ने तयारी रहेको छ ।

